जनतासँगका वाचा अबको दुई वर्षभित्र पूरा हुन्छ : सांसद तामाङ

SHARE:

नुवाकोट । प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले निर्वाचनका बेला जनतासँग गरिएका वाचा अबको दुई वर्षभित्रमा पूरा गर्ने विश्वास दिलाएका छन् ।

शिवपुरी गाउँपालिका ३ काउलेमा रहेको महेन्द्र माध्यमिक विद्यालयको ६० औं जयन्ती तथा निर्मित भवन उद्घाटन कार्यक्रममा बिहीबार सांसद तामाङले उक्त धारणा राखेका हुन् । उनले प्रशासन, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माण लगायत हरेक क्षेत्रमा अबको दुई वर्षभित्रमा परिवर्तनको अनुभूति दिलाइछाड्ने दाबी गरे ।

‘अबको दुई वर्षभित्रमा हामीले जुनसुकै क्षेत्र, चाहे त्यो प्रशासन, शिक्षाको क्षेत्रमा होस् । चाहे त्यो स्वास्थ्य, भौतिक पूर्वाधार निर्माण जस्ता हरेक क्षेत्रमा परिवर्तनको अनुभूति दिलाउने संकल्प गरिराखेका छौं ।’

पूर्वमन्त्री रहेका तामाङले निर्वाचनका बेला नेकपा र आफूले घोषणा पत्रमार्फत् गरिएका वाचा पूरा हुनेमा विश्वास गर्न नुवाकोटवासीलाई आग्रह गरे । ‘निर्वाचन बेला जनताका बीचमा हामीले जति संकल्प गरेका थियौं, घोषणापत्रमा जे-जति भनेका थियौं ती कामहरुमध्ये धेरै प्रतिशत लागू गरेर जान सक्नेमा मलाई विश्वास छ,’ उनले भने, ‘तपाईंहरुले पनि त्यो विश्वास लिन जरुरी ठान्दछु ।’

प्रतिपक्ष दलले लगाउने आरोप, प्रत्यारोप र भ्रमबाट नआत्तिन कार्यकर्ताहरुलाई सुझाउँदै सांसद तामाङले सत्य र तथ्यमा लाग्न निर्देशन दिए । ‘सत्तापक्षका नेता, कार्यकर्तालाई म के पनि भन्न चाहुन्छु भने प्रतिपक्षले विभिन्न आरोप-प्रत्यारोप लगाउन सक्छन्, भ्रम छर्न सक्छन्’, उनले भने, ‘तपाईंहरु नआत्तिनुस् र तथ्य घोत्लिनुस् । सत्य खोजी गर्नुस् । हामी तथ्यमा घोत्लिने र सत्य खोजी गर्ने हो भने अत्तालिनुपर्ने, भ्रमित हुनुपर्ने खालको स्थिति छैन ।’

नयाँ संविधानपछि मुलुकमा लागू भएको संघीयताले जनतामा सुविधा दिन नसकेको सांसद तामाङले स्वीकार गरे । उनले कर्मचारी समायोजन र संरचना बनिनसक्दा जनतालाई दिने भनिएको सुविधा बेलैमा गर्न नसकिएको प्रस्ट्याए । ‘सिंहदरबारको अधिकारलाई जनताका घरदैलोमा पुर्‍याउने भन्यौं । त्यही अनुसार गाउँपालिकाहरु बनेका छन् । जिल्लामा लिने सुविधाहरु अहिले गाउँपालिकाबाट लिने थालिएको छ,’ उनले भने, ‘राज्य पुनर्संरचनाको व्यवस्थापन गर्न हामी लागि पर्दा कयौं कामहरु बेलैमा गर्नुपर्ने थियो, त्यसरी गर्न सकिराखेका छैनौं ।’

जनतालाई गुणात्मक सेवा दिनमा सत्ता पक्षले नचाहेर वा नसकेर नभई पुरानो व्यवस्था भंग र नयाँ व्यवस्था लागू हुँदा यस्तो अवस्था सिर्जना हुने उनको भनाइ थियो । ‘स्वभावैले एउटा व्यवस्था भंग गरी अर्को व्यवस्था सुरुआत हुँदाखेरी संक्रमणकालीन जटिलता पैदा हुन्छ । त्यो जटिलता हामीले भोग्न बाध्य भइराखेका छौं,’ सांसद तामाङले भने, ‘गत साल जस्तो समस्या थियो, अहिले स्थानीय, प्रदेश सरकारहरुमा समस्या कम हुँदे गएको छ ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!