संसद्‌को हिउँदे अधिवेशन शुक्रबारबाट सुरु, उपसभामुख तुम्बाहाङ्फेको अध्यक्षता

SHARE:

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । बैठकको अध्यक्षता गरेकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले संसद आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयको पत्र र मन्त्रिपरिषद हेरफेरको जानकारी गराएकी थिइन् ।

त्यस पछि पूर्व सांसदहरु हरि बैरागी दाहाल, कमला कुमारी घिमिरे, रामलखन महतो र रामेश्वर ढुंगेलको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक पुस ११ गतेसम्मका लागि स्थगित गरिएको छ ।

यसैबीच संघीय संसदको सभामुख चयन प्रक्रिया पुस ११ गतेदेखि शुरु हुने भएको छ ।

संसद बैठक शुरु हुनुअघि बसेको कार्यव्यवस्था समितिको बैठकमा पुस ११ गते बस्ने संसद बैठकबाट सभामुख चयन प्रक्रिया थाल्ने सहमति भएको हो ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि जेल गए पछि सभामुख पद रिक्त रहर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!