समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

SHARE:

काठमाडौँ । समाजवादी पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

अध्यक्ष उपेन्द्र यादवले बुधबार पत्रकार सम्मेलन गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका हुन् ।

‘संविधानको धारा ७६ को उपधारा २ अनुसार गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई आजैका मितिदेखि लागु हुने गरी संसदमा प्रतिपक्षमा रही रचनात्मक र श्रृजनात्मक रुपले सकारात्मक भूमिका निर्वाह गर्ने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मंगलबारमात्रै सरकारबाट बाहिरिने निर्णय गरेको समाजवादी पार्टी २०७५ जेठ १४ गते २ बुँदे सहमति गर्दै सरकारमा सहभागि भएको थियो। सहमतिका संविधान संशोधन गर्ने मुख्य माग थियो।

पार्टीका तर्फबाट ओली सरकारमा अध्यक्ष यादव उपप्रधानमन्त्री तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री र मोहम्मद इत्तिह्याक राई सहरी विकास मन्त्री थिए।

संघीय संसद अर्न्तगतको प्रतिनिधिसभामा समाजवादी पार्टीका १७ सांसद छन्। समाजवादी पार्टीले समर्थन फिर्ता लिएसँगै ओली सरकारको दुई तिहाई मत गुमेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!