प्रदेश ३ को नाम वाग्मती र राजधानी नेकपाको हेटौंडा कायम गर्नेगरी निर्देशन दिने नेकपाको निर्णय

SHARE:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले प्रदेश ३ को नाम र राजधानी टुंग्याएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।

यो सँगै प्रदेश ३ ले एक साताभित्र स्थायी नाम र राजधानी पाउने भएको छ । यसअघि नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा प्रदेशको नाम र राजधानीमा २ वर्षदेखि निर्णय हुन सकेको थिएन ।

यता, मुख्यमन्त्री डोरमणि पौडेलले पनि पुस २० गतेसम्म नाम र राजधानी टुंगो लाग्ने जानकारी दिएका छन् । तर उनले नेकपाले मात्रै निर्णय गरेर नपुग्ने भन्दै प्रदेश संसद बैठक बसेर यसलाई वैधानिकता दिनुपर्ने बताए ।

नेकपाको निर्णयलाई सार्वजनिक भने गरिएको छैन । प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ । २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचनअघि प्रदेशको अस्थायी राजधानी हेटौंडा तोकेको थियो ।

प्रदेश राजधानी एकछेउमा भएको र अरू जिल्लालाई पायक पर्ने ठाउँमा नभएको भन्दै सार्ने चर्चा चले पनि नेकपाले हेटौंडा नै उपयुक्त हुने निष्कर्ष निकालेको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!