सन्तोष साहुखलले ‘ए’ डिभिजन लिगमा पुर्‍याए १०० गोल

SHARE:


काठमाडौँ । सन्तोष साहुखलले ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा गरेका छन् । दशरथ रंगशालामा बुधबर भएको खेलमा उनले १००औँ गोल गरेका हुन् ।

सन्तोषले च्यासल युथ क्लबका तर्फबाट नेपाल पुलिस क्लबका विरुद्ध खेलको १८औँ मिनेटमा गोल गरेका थिए। ‘ए’ डिभिजन लिगमा एक सय गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन्। च्यासलका हेमन्त थापामगरले हानेको फ्रि-किक पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोक्न नसक्दा उक्त बललाई सन्तोषले गोलमा परिणत गरेका हुन्। पहिलो हाफसम्ममा नेपाल पुलिस क्लबले दुई तथा च्यासलले एक गोल गरेको थिए। जारी लिगमा उनको यो चौथो गोल हो।

उनले पहिलो खेलमा सङ्कटा क्लबविरुद्ध दुई तथा दोस्रो खेलमा मछिन्द्र क्लबविरुद्ध एक गोल गरेका थिए। सन्तोषले २०६० सालमा थ्री स्टार क्लबबाट लिग खेल्न थालेका हुन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!