तमु धीं यूकेको साधारणसभा तथा निर्वाचन १२ डिसेम्बरमा, एकेन्द्र गुरुङको नेतृत्वमा निर्वाचन समिति गठन

SHARE:

लन्डन । तमु धीं यूकेको साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन आगामी १२ डिसेम्बर २०२६ मा हुने भएको छ ।

तमु धीं यूकेले जारी सूचनाअनुसार बेलायतको मिचेटस्थित तमु धीं भवनमा बिहान ११ देखि साधारणसभा हुनेछ भने सोही दिन अपराह्न ४ बजेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गरिनेछ । निर्वाचन कार्यतालिकाअनुसार मतदाता नामावली डिसेम्बर ३ मा प्रकाशन गरिनेछ । मतदाता नामावलीमाथि दाबी–विरोध, उम्मेदवारी मनोनयन, उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायतका प्रक्रिया डिसेम्बर ४ र ५ मा सम्पन्न गरिने सूचनामा उल्लेख छ ।

निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, खेलकुद विभाग प्रमुख तथा अन्य सदस्यका लागि प्रतिस्पर्धा हुनेछ । उम्मेदवार बन्न चाहने व्यक्तिले एक जना प्रस्तावक र एक जना समर्थकको हस्ताक्षरसहित मनोनयन फाराम भरी तोकिएको उम्मेदवारी शुल्क बुझाउनुपर्नेछ ।

तमु धीं यूकेले संस्थालाई थप सुदृढ र समृद्ध बनाउने उद्देश्यसहित साधारणसभा तथा निर्वाचनमा सहभागी भई सहयोग गर्न सम्पूर्ण तमु समुदायलाई आग्रह गरेको छ । थप जानकारीका लागि प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङ, निर्वाचन आयुक्तहरु मे रिटायर्ड कृष्ण गुरुङ र धनबहादुर गुरुङ छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!