काठमाडौं । उच्च अदालत पाटनले यती समूहले दरबारमार्गमा बनाइरहेको भवन रोक्न भन्दै अन्तरिम आदेश दिएको छ । उक्त समूह र नेपाल ट्रस्टले गरेको सम्झौता त्रुटिपूर्ण रहेको भन्दै अदालतले निर्माणधीन भवनको काम रोक्न अन्तरिम आदेश दिएको हो।
शुक्रबार मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अधिवक्ता परिवर्तन राईले पुस २३ मा दर्ता गरेको रिट निवेदनउपर सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो। अदालतले दुवै पक्षलाई माघ १ गते छलफलमा बोलाएको छ। प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विभिन्न मन्त्रालय, नेपाल ट्रस्ट र थामसेर्कु ट्रेकिङ प्रालिलाई पनि प्रतिवादी बनाइएको छ।







