नेपाल बैंक लिमिटेडको ६० औं वार्षिक साधारणसभा सम्पन्न

SHARE:

काठमाडौं । नेपाल बैंक लिमिटेडको ६० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षतामा शुक्रबार नेपाल एपीएफ क्लब, हलचोक, काठमाडौंमा नेपाल बैंकको साधारणसभा सम्पन्न हो ।

साधारणसभामा बैंकको आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७६ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७५/७६ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरुमा छलफलपश्चात पारित गरिएको थियो ।

त्यसैगरी सभाले चुक्ता पुँजीको १० प्रतिशतका दरले हुन आउने रु.९८,११,१४,८००।– (अक्षेरुपी अन्ठानब्बे करोड एघार लाख चौध हजार आठ सय) नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने रु.१,४७,१६,७२,२००।– (अक्षेरुपी एक अर्ब सत्चालिस करोड सोह्र लाख बहत्तर हजार दुई सय) बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको बैंकले जनाएको छ ।

बैंकको अधिकृत पुँजी रु.१० अर्बबाट बृद्धि गरी रु.१५ अर्ब कायम गर्ने, जारी तथा चुक्ता पुँजीमा बृद्धि गरी रु.११,२८,२८,२०,२००।– (अक्षेरुपी एघार अर्ब अठ्ठाइस करोड अठ्ठाइस लाख बीस हजार दुई सय) कायम गर्ने लगायत साधारणसभामा पेस भएका प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।

सभाका अध्यक्षले अन्त्यमा शेयरधनीहरुबाट प्राप्त सुझावअनुसार बैंकको काम कारबाहीहरु सञ्चालन गर्ने विश्वास दिलाउँदै सम्पूर्ण शेयरधनी महानुभावहरु तथा सरोकारवालाहरुमा धन्यवाद प्रकट गरेका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!