उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेको राजीनामा, भनिन्, ‘आजदेखि कामको ट्रयाक चेन्ज गर्दैछु’

SHARE:

काठमाडौं । उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छिन् ।

एक विज्ञप्ति जारी गर्दै उपसभामुख तुम्बाहाम्फेले सोमबार राजीनामा दिएको घोषणा गरेकी हुन् । तुम्बाहाङ्फेद्वारा जारी विज्ञप्तिमा भनिएको छ , ‘नेपालको संविधानको धारा ९१ को उपधारा (६) को खण्ड (ख) तथा प्रतिनिधिसभा नियमाली, २०७५ को नियम २११ को उपनियम (१) बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदबाट मैले आजैको मितिदेखि लागू हुने गरी राजीनामा दिएको व्यहोरा अनुरोध गर्दछु ।’

राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा उनले संसदको ठूलो पार्टीले सभामुखको उम्मेदवारको टुंगो लगाएकाले आफूले सोमबार मात्रै राजीनामा दिएको स्पष्ट पारिन् । संस्थालाई प्रणालीगत रुपमा अगाडि बढाउने सवालमा आफुले बाजी मारेको दाबी पनि उनले गरिन् । उनले भनिन्, ‘बाजी मैले मारेँ । आजदेखि कामको ट्रयाक चेन्ज गर्दैछु ।’

राजीनामा नगर्नु र सभामुखका लागि दाबी गर्नुमा आफुलाई कुनै संस्था वा व्यक्तिको संरक्षण नभएको पनि उनले स्पष्ट पारिन् । उनले भनिन्, ‘मेरो ब्याकअपमा कुनै व्यक्ति वा संस्था होइन । मेरो व्याकअपमा संविधान थियो ।’

आफुले कसैले भनेर राजीनामा नगरेको पनि उनले स्पष्ट पारिन । उनले भनिन्, ‘मैले जे बोले त्यो पुर्याएँ । नेताले भनेको आधारमा होइन संविधानले दिएको अधिकारको आधारमा मैले राजीनामा गरेँ ।’ पत्रकारहरुले पटक–पटक आफुलाई राजीनामा कहिले दिने भनेर सोध्ने गरेको भन्दै उनले सकारात्मक भन्दा नकारात्मक कलम चलाउनेहरुका कारण आफुलाई उर्जा मिलेको पनि उल्लेख गरे ।

उनले आफुले सभामुख पदका लागि गरेको दाबी अस्वभाविक नभएको दोहोर्याइन् । उनले भनिन्, ‘सभामुखको उम्मेदवारको दाबी गरेँ । यो अस्वभाविक होइन । स्वभाविक हो ।’ उनले मुलुकमा पितृसंस्था सोचमात्रै नभई संस्थागत रुपमा जरा गाडेर बसेको टिप्पणी गरिन् ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!