कांग्रेसले सभामुखमा पदमा उम्मेदवारी दिएन

SHARE:

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिएन ।

पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाका अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको बैठकले सभामुखमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो । कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले सभामुख निर्वाचित गर्न सत्तारुढ दलसँग यथेष्ट मत रहेकाले प्रतिनिधिसभाको सभामुखको आसन्न निर्वाचनमा कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको जानकारी दिइन् । “सभामुख पद आफैँमा तटस्थ रहनुपर्ने पद भएकाले कांग्रेस संसदीय दलले उम्मेदवारी नदिने निर्णय गरेको छ”, उनले भनिन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहार प्रकरणमा मुछिएपछि रिक्त सभामुख पदका लागि मंगलबार उम्मेदवारी तथा माघ १२ गते निर्वाचन हुँदैछ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबाट भने सांसद अग्निप्रसाद सापकोटाले सभामुख पदका लागि उम्मेदवारी दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!