मुक्का हानेको आरोपमा प्रदेश सांसद मनाङे पक्राउ

SHARE:

पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) पक्राउ परेका छन् ।

कास्की फुटबल संघका अध्यक्ष मिलन गुरुङले बुधबार मनाङेविरुद्ध अभद्र व्यवहार गरेकाले कारबाही गरिपाऊँ भन्दै प्रहरीमा जाहेरी दरखास्त दिएका थिए । जाहेरीपछि जिल्ला अदालत कास्कीले बिहीबार मनाङेको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । पुर्जी जारीलगत्तै प्रहरीले उनलाई पोखराको लेकसाइडबाट कास्की प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी प्रमुख डीआइजी विनोद शर्मा घिमिरले बताए ।

यसअघि मनाङले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गरेका थिए । मनाङेले मंगलबार पोखराको भण्डारढिक रंगशालामा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको उद्घाटन हुनुअघि मिलनमाथि हातपात गरेका थिए। मिलनले मनाङेविरुद्ध मुलुकी अपराध (संहिता) २०७४ को दफा ११८ अनुसार सार्वजनिकस्थलमा अभद्र व्यवहार गरेको भन्दै जाहेरी दरखास्त दिएका हुन् ।

संहिताको उक्त दफाको उपदफा १ मा सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा पसेर कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न नहुने उल्लेख छ। यदि कसैले माथि उल्लेखित कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरीवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!