वरिष्ठ संगीतकार तथा गायक अनुरागीले एम्पायर घन्काउने

SHARE:

एटा संवाददाता
अल्डरसट । नेपालका वरिष्ठ संगीतकार एवं गायक बीबी अनुरागीले अल्डरसटस्थित एम्पायर हलमा विशेष प्रस्तुति दिने भएका छन् ।
आउँदो २६ मे शनिबार बेलुकी सिर्जनशील नेपाली समाज युकेद्वारा आयोजना हुन लागेको ‘बीबी अनुरागीज् ग्रान्ड म्युजिकल नाईट इन दि युके’ नामक सांस्कृतिक साँझमा उनले विभिन्न गीतहरु गाउने छन् । सिर्जनशील नेपाली समाज युकेको दसौं वार्षिकोत्सवको अवसरमा विशेष अतिथिको रुपमा बेलायत आएका अनुरागीले थुप्रै गीतमा संगीत भरेका छन् भने चर्चित गीतहरु स्रोता तथा दर्शकमाझ ल्याएका छन् ।

अत्यन्त सरल स्वभाव, मेहनती र संगीतका अग्रज अनुरागी धौलागिरि सांस्कृतिक संगम बाग्लुङ, परिवेश व्यान्ड पोखरा, रेडियो नेपाल हुँदै सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् ।
सांगीतिक माहोलमा हुर्केका अनुरागी बाँसुरी, सारङ्गी, किबोर्ड बजाउँदै उत्कृष्ट संगीत कम्पोजर बनेका हुन् । थुप्रै चलचित्रमा समेत संगीत भरिसकेका अनुरागीको स्वरमा पनि अत्यन्त मिठास छ । उनकै गीतसंगीतले भरिने, ‘ग्रान्ड म्युजिकल नाईट’मा सहभागी भई भरपूर मनोरञ्जन लिन सिर्जनशील नेपाली समाज युकेका अध्यक्ष धनबहादुर सार्कीले बेलायतमा रहेका नेपाली संघसंस्थाका अगुवा, संगीतप्रेमी तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोधसहित गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!