राप्रपा केन्द्रीय बैठक : अध्यक्ष थापाद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

SHARE:

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसमितिको शुक्रबाको बैठकमा अध्यक्ष कमल थापाले मुलुकको आर्थिक समृृद्धिका लागि लगानी प्रवद्र्धन र रोजगारी सिर्जना गर्नुपर्ने राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।


काठमाडौँमा शुक्रबारदेखि शुरु भएको उक्त बैठकमा अध्यक्ष थापाले प्रस्तुत गरेको प्रतिवेदनमा भ्रष्टाचार नियन्त्रण, व्यापार घाटाको न्यूनीकरण, शिक्षा र स्वास्थ्यको गुणस्तर अभिवृद्धि गरी देशको विकास गर्न सकिने उल्लेख गरिएको छ ।

संस्थागत एवं नीतिगत भ्रष्टाचारका कारण राष्ट्र निर्माणमा बाधा पुगेको उल्लेख गरिएको प्रतिवेदनमा धर्म परिवर्तनको डढेलो, बेरोजगारी समस्या, सर्वसत्तावाद र बाह्य शक्तिको चलखेल हाल देशमा विद्यमान चुनौति रहेको भनिएको छ ।

पछिल्लो तथ्याङ्कअनुसार तीव्रगतिमा समाजको इसाईकरण हुने देशमा नेपाल पहिलो नम्बरमा रहेको उल्लेख गरिएको प्रतिवेदनमा गलत ढङ्गले हाल भइरहेको धर्म परिवर्तनलाई समयमै नियन्त्रण गर्न नसकेमा यसले मुलुकको राष्ट्रिय पहिचानलाई समाप्त पार्ने, सामाजिक सांस्कृतिक सद्भाव र एकता खलबल्याउने र देशलाई गम्भीर धार्मिक द्वन्द्वमा फँसाउने विषय समावेश गरिएको छ ।

बैठकमा देशभरबाट १६३ केन्द्रीय सदस्य सहभागी छन् भने नेता तथा कार्यकर्ताले उक्त प्रतिवेदनमा छलफल गरी दिने सुझावका आधारमा त्यसलाई परिमार्जन गरिने केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारी दिए ।

बैठकमा सङ्गठनको अवस्थालाई दृष्टिगत गर्दै स्थानीयतहको वर्गीकरण गर्ने, अहिलेदेखि नै सम्भावित उम्मेदवार छनौट गरी जिम्मेवारी दिने तथा निर्वाचन केन्द्रित विशेष कार्ययोजना र आगामी कार्यक्रमका बारे पनि छलफल गरिने छ । यही माघ १८ गतेसम्म जारी रहने बैठकमा सचिवालयको प्रतिवेदन र आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गरिने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!