कोरोना भाइरसबिरुद्ध मुकदर्शक नेपाल

SHARE:

खिम घले
संसारमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । यो संकटकाल चीनमा भइरस फैलिएका कारण होइन, विश्वव्यापी रुपमा फैलिएका कारण घोषणा गरिएको हो ।

अहिले सबै कन्टिनेन्टमा कोरोनाका संक्रमित देखिएका छन् । यद्यपी चीन भन्दा बाहिर फिलिपिन्समा एक जनाको ज्यान गएको बताइएको छ । चीनमा भने तीन सय ५० भन्दा धेरै मानिसले ज्यान गुमाईसकेका छन् । साथै सोमबारसम्ममा १७ हजार भन्दा धेरै मानिसमा संक्रमण देखिएको छ ।

बिशाल र उदाउदो अर्थतन्त्रको रुपमा रहेको चीनसमेत यस भाइरसको प्रकोपले एक हिसावले भन्दा असाहय बनाइदिएको छ । यूरोपेली यूनियनलगायतसँग चीनले सहयोगको आह्वान गरेको छ । यद्यपी चीन अन्य मुलुकको तुलनामा छिटो एक्सनमा जान सक्ने देश हो । कोरोना भाइरसको सबैभन्दा बढी प्रभाव देखिएको बुहानमा उसले ४८ घण्टाभित्र एक हजार बेडको अस्पताल निर्माण गरेको छ । त्यहाँ हजारौं जनालाई उपचार गराई रहेको छ । साथै सहर र गाउँहरुलाई आइसोलेसनमा राखेको छ ।

चीनको राजनीतिक पद्धतीका कारण पनि यो प्रकारको कदम संभव भएको हो । यद्यपी यो भाइरसको प्रकोप घट्नुको सट्ट बढ्ने संकेत देखा परेको छ । नियन्त्रणका सबै उपायहरुलाई यसले विफल बनाएको छ । यसले चीनको उकालो लागि रहेको अर्थतन्त्रमा नै धक्का पुगेको छ । छिमेकीको रुपमा नेपाल पनि यसबाट प्रभावित नहुने कुरै भएन ।

नेपालमा पनि दुई जनालाई कोरोनाको संक्रमण देखियो । खास गरेर चीनबाट आएका नेपालीमा यो संक्रमण देखिएको हो । उनीहरुलाई आइसोलेसनमा राखेर उपचार गरिरहेको छ । एक जना घर फर्किसकेको पनि बताइएको छ ।

नेपालको स्वास्थ्य अवस्था र सरकारले चाल्न सक्ने कदमलाई बिचार पु¥याउदा अहिलेसम्म यहाँ संक्रमणको रुपमा नफैलिएकाले सुरक्षित लागि रहेको छ । यद्यपी फैलिइ हाल्यो भने नेपालसंग नियन्त्रणको उपायहरु छैनन्, त्यसैले सर्वसाधारण चिन्तामा परकोछ ।

अहिले चीनमा रहेका नेपालीहरुलाई नेपाल कसरी ल्याउने र ल्याएर कहाँ राख्ने, कसरी संक्रमणको सरायअवधीसम्म आइसोलेसनमा राख्ने भन्ने कुरामा छलफल चलिरहेको छ । सुरुमा सरकारले चीनमा अझ खास गरेर बुहानमै रहेको नेपाली विद्यार्थीहरुलाई नेपाल ल्याउने सम्बन्धमा चासो देखाएन । अमेरिका, अष्ट्रेलियालगायतका मुलुकहरुले आफ्ना नागरिकलाई त्यहाँबाट लगिसकेका छन् ।

चीनले पनि लैजान चाहने देशलाई आफ्नो नागरिक लैजानका लागि अनुमति दिएको छ । तर नेपाल सरकारले यसमा चासो नदेखाएपछि विस्तारै जनदवाव वढ्न थाल्यो । दवाव जारी नै छ । सरकारले अहिले जहाजबाट बुहानमा रहेका नेपाली बिद्यार्थीहरुलाई फर्काउने योजना सार्वजनिक गरेको छ । यद्यपी ल्याउन सकेको छैन । पछिल्लो तथ्यांक अनुसार १ सय ८० जनाले चीन छाड्न चाहेका छन् । उनीहरुलाई ल्याएर कहाँ राख्ने भन्ने टुङ्गो लागेको छैन । ती फिर्ता ल्याइएका मध्येमा संक्रमित रहेको अवस्थामा र उनीहरुबाट थप मान्छे संक्रमित भएमा नेपालले त्यसलाई रोक्न सक्ने क्षमता राख्दैन । त्यसैले गर्दा पनि अहिले समस्या देखा परेको हो ।

चीनबाट फर्काउने नागरिकका लागि कम्तीमा पनि दुई साताको आइसोलेसन अस्पतालको आवश्यकता पर्दछ । उनीहरुमा कोरोना भाइरस संक्रमण नभएको निश्चित भएपछि मात्र उनीहरुलाई समाजमा घुलमिलका लागि छाड्न सकिने अवस्था हुन्छ । त्यही आइसोलेसन अस्पतालको व्यवस्था गर्न नसक्दा चीनबाट आफ्ना नागरिक फिर्ता ल्याउन नसकेर सरकार लाचार बनेको छ ।

चीनसँग सीमा जोडिएको र चीनबाट धेरै पर्यटक नेपाल आउने हुँदा जोखम रहेको छ । त्यसैले केही दिनयता रसुवा नाकामा कोरेन्टाइन राखिएको छ । विमानस्थलमा पनि चेकजाँचको व्यवस्था गरिएको छ । यद्यपी चीनबाट आउने सबै उडान र स्थल नाका बन्द गरिएको छैन । विकसित देशरुले त्यसलाई बन्द गरिसकेको छ । अष्ट्रेलियले चीन भएर आउने सबै उडान स्थागित गराएको बताइएको छ । नेपालमा भने बरु चिनियाँ एयरलाइन्सहरु आफैले अडान घटाउन थालेका छन्, उनीहरुलाई यात्रुको समस्या देखा पर्न थालेको छ ।

अहिले नेपालभित्रको अवस्था सामान्य नै छ । संक्रमणको प्रकोप नफैलियोस् भन्नेमा छन् । चिन्तित् पनि देखिन्छन् । तर नेपाल बाहिर रहेका आफन्तहरुमा देखिएका जस्तो चिन्ता नेपाल भित्र भने छैन । टाढा भएका कारणले गर्दा नेपाल बाहिर रहेका आफन्तहरुलाई नेपालभित्रको परिवारका सदस्यहरुको चिन्ताले सताउन थालेको देखिएको छ ।

यसो हुनुमा नेपालको स्वास्थ्य उपचार व्यवस्था र हेल्थ तथा हाइजिनको राम्रो व्यवस्था नभएका कारणले पनि हो । यद्यपी अहिले नै नेपालमा रहेको परिवारका सदस्यहरुको स्वास्थ्यलाई लिएर बाहिर रहेका आफन्तहरु गम्भिर हुनुपर्ने अवस्था छैन । नेपालको जनजीवन सामान्य छ । स्वास्थ्यसँग सम्बन्धित निकायहरुले कोरोना भाइरसबाट जोगिने उपायहरु सम्बन्धमा प्रचारप्रसार गरिरहेका छन् ।

यद्यपी संक्रमण भइहालेमा त्यसको उपचारलगायतका विषयमा भने नेपालको तयारी छैन । टेकुस्थित सरुवा रोग केन्द्रमा यस प्रकारका घट्नाहरुमा पठाउने गरिपनि त्यहाँसमेत आइसोलेसन वार्डको व्यवस्था छैन । त्यसैले संक्रमण देखा परेमा निक्कै अप्ठ्यारो अबस्थाको सृजना हुने कुरामा दुई मत छैन ।

सरकार अझै यस विषयमा गम्भिर भएको देखा परेको छैन । उसले चीनबाट प्रभावित क्षेत्रका आफ्ना जनता ल्याउन सकेको छैन भने संभावित खतरासंग जुध्नका लागि तयारी पनि गरेको छैन । यसका लागि सरकार गम्भिर हुनु पर्दछ । चीन नेपालबाट नजिकमात्र छैन, नेपाल र चीनबीचका सम्बन्धका कारण आवतजावत पनि छ । चीनसँगको हाम्रो सामानको निर्भरता पनि बढ्दै गएको छ ।

यति मात्र होइन, नेपालमा संक्रमित पनि देखा परिसकेको अवस्थामा पहिलो कुरा चीनको बुहानमा रहेका र नेपाल आउन चाहने नेपाली नागरिकलाई सरकारले उद्दार गर्नुपर्छ । उनीहरु बाँच्न पाउने अधिकारको रक्षा गर्नु सरकारको कर्तव्य हो । चीनका त्यस क्षेत्रमा बढ्दै गएको संक्रमण र उनीहरुलाई आइसोलेसनमा राखिएका कारण उनीहरु जीवन कष्टकर हुँदै गएको छ ।

बुहानबाट सञ्चार माध्यमहरुलाई दिइएको बयान अनुसार त्यहाँ सहर बजार पसल सबै बन्द छन् । मानिसहरुलाई बाहिर निस्कन दिइएको छैन । आफु आफु बसेको घर वा कोठमा नै सिमित पारिएको छ । राखिएका खानाका स्टकहरु सिद्धिने बेला भएको छ । चीन सरकारले खानाको व्यवस्था त गरेको छ तर त्यो कहिलेसम्म र कति सुरक्षित होला? चीन मै मास्कको समस्या देखा परेको छ । कतिपय चिनियाँले नेपालबाट समेत मास्क किनेर लगेको बताइएको छ ।

मेरा एक जना चिनियाँ साथीले पनि मास्कहरु नपाइएको गुनासो गरेका छन् । उनले अर्को प्रान्तबाट साथीले पठाएको एक हजार थान मास्क बाँडेको उल्लेख गरेका छन् । यस्तो अवस्थामा आफन्त र परिवारजनबाट टाढा रहेका नेपालीहरुलाई एक्लो पनाले सताउने, अनिश्चितताले सताउने, डिप्रेसनमा जाने तथा संक्रमणको जोखिम हुने संभावना रहन्छ । त्यसैले यथाशक्य उनीहरुको उद्दार नेपाल सरकारले गर्नु पर्दछ ।
अर्कोतर्फ नेपालमा पनि त्यही अनुरुपको तयारी गर्नु पर्दछ । आइसोलेसन अस्पतालको व्यवस्था गर्नु पर्दछ । यसअघि स्वाइन फ्लु र बर्ड फ्लुको प्रकोप देखिएको बेला पनि आइसोलेसन अस्पताल र उपचार पद्धतीको बारेमा छलफल भएको थियो । ती संक्रमणहरुको नियन्त्रण आएपछि सरकारले यस विषयमा फेरी सोच्न छाड्यो । अहिले कोरोना भाइरसको प्रकोपसंग जुध्न अरु देशहरुले आ–आफ्नो तयारी गरिरहेको बेला तथा चीनमा रहेका आफ्ना नागरिकको उद्दार गरेर लागि सकेको अवस्थामा पनि नेपालले उनीहरुलाई राख्ने ठाउँ नभएको भन्दै ल्याउन सकेको छैन ।

यो सरकारको आफ्नो नागरिकको स्वास्थ्यप्रतिको लापरवाही हो । यस्तो अवस्थाले जुन सुकै बेला महामारी फैलिएको खण्डमा अप्ठ्यारो अवस्थाको सृजना गर्न सक्छ । त्यसैले सरकारले कोरोना भाइरस होस् या अन्य जुनसुकै महामारीको सामना गर्नका लागि तयारी गर्नु पर्दछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!