नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक शर्माको निधन

SHARE:

काठमाडौं । नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक दुर्गानाथ शर्माको निधन भएको छ ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा बुधबार बिहान उनको निधन भएको हो । उनी मुटु र मिर्गौलासम्बन्धी रोगबाट ग्रसित थिए ।

नेपाल टेलिभिजनका संस्थापकमध्ये एक रहनुभएका ७२ वर्षीय शर्मा त्यहाँ समाचार प्रस्तोतादेखि नायब महाप्रबन्धक, महाप्रबन्धक रहेका थिए । विसं २०४२ पुस १४ गते टेलिभिजनको प्रशारण गर्दा उनी पहिलो प्रस्तोता रहेका थिए । उनी टेलिभिजनका अगुवाका रुपमा चिनिएका थिए । उनी रेडियो नेपालमा समाचारवाचक र गोरखापत्रमा समेत काम गरिसकेका छन् ।

इलामको फिक्कलमा जन्मिएका शर्माको श्रीमती र दुई छोरा छन् । शर्मा परिवारसहित नयाँ बानेश्वरमा बस्दै आएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!