पत्रकार महासंघ बेलायतमा खपांगीमगर पुनः अध्यक्षका प्रत्यासी

SHARE:

लन्डन । बेलायतस्थित नेपाली पत्रकारहरु यतिखेर चौंथो अधिवेशनको तयारीमा छन् । नेपाल पत्रकार महासंघ, बेलायत शाखाको अधिवेशन १९ मे शनिबार दिन अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ । सो अधिवेशनले नयां नेतृत्व चयन गर्ने हंँदा पत्रकारहरु अहिले चुनावी मैदानमा होमिएका छन् ।

आइतबार लन्डनमा उम्मेदवारी मनोनयन दर्ता भएको छ । यसपटक नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष नरेश खपाङ्गी मगर र उपाध्यक्ष ध्रुवराज अर्यालले उम्मेदवारी दिएका छन् ।

२० वर्षदेखि पत्रकारितामा क्रियाशील नरेश खपाङ्गी मगर युके शाखाको संस्थापक सदस्य सचिव, महासचिव (सन् २०१२–२०१४), वरिष्ठ उपाध्यक्ष (सन् २०१४–२०१६) र अध्यक्ष (सन् २०१६–२०१८) भइसकेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर उत्तीर्ण खपांगी मगर दृष्टि साप्ताहिक, गोरखापत्र दैनिक, गोरखा सैनिक आवाज मासिक, युरोपको नेपालीपत्र, एभरेष्ट टाइम्स साप्ताहिक हंँदै हाल वीनेपालीडटकममा कार्यरत छन् ।

उनको पत्रकार महासंघमा आबद्धता २०६० सालदेखि हो । गोरखापत्र शाखाको कार्यसमिति सदस्य (२०६०–२०६३), केन्द्रीय सभासद् (२०६३–२०६६), युके शाखाको संस्थापक सदस्य सचिव, महासचिव (सन् २०१२–२०१४), वरिष्ठ उपाध्यक्ष (सन् २०१४–२०१६) र अध्यक्ष (सन् २०१६–२०१८) को जिम्मेवारीसम्हालिसकेका खपांगीका प्रतिबद्धता यस्ता छन् ः

सम्पूर्ण पत्रकार साथीहरुमा नमस्कार ।
नेपाल पत्रकार महासंघ युके शाखाको यही शनिबार सम्पन्न हुने चौंथो अधिवेशनमा मैले पुनः अध्यक्ष पदमा उम्मेदवारी दिएको छु । विगत दुई वर्ष मैले यस शाखाको नेतृत्व गर्ने अवसर पाएँ । यस अवधिमा मुख्य रुपमा यहाँस्थित नेपाली समाजसितको सम्बन्ध सुदृढ गर्ने, शाखाका सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने र शाखाको सम्पर्क नेपाली समुदायभन्दा बाहिर विस्तार गर्ने प्रयास गरेँ । यी लगायत यस अवधिमा भएका अन्य कार्यको समीक्षा गर्ने आदरणीय सदस्यहरु र नेपाली समुदायको जिम्मामा छोड्न चाहन्छु । यस अवधिमा भएका गल्ती कमीकमजोरीलाई सुधार्दै संस्थालाई मजबुत बनाइ अगाडि बढ्नुपर्छ भन्ने पाठ सिकेको छु ।

गत कार्यकालमा सुरु गरिएका केही महत्वपूर्ण कार्यहरु अधूरो रहेको र संस्थालाई नेपाली समुदायबाहिरका सञ्चारसम्बद्ध प्रतिष्ठान र विज्ञहरुसित सम्पर्क स्थापित गराउन दुई वर्षे कार्यकाल अपूरो रहेको निष्कर्ष निकाल्दै आगामी एक कार्यकालका लागि पुनः नेतृत्व लिने सोचाइ बनाएको हुँ । मैले अबको कार्यकालमा निम्न कार्यलाई पूरा गर्ने योजना बनाएको हुँदा शाखाका सम्पूर्ण सल्लाहकारहरु, सभासदहरु, पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, सम्पूर्ण सदस्य साथीहरु र सिंगो नेपाली समुदायबाट सुझाव, सल्लाह, सहयोग र
मार्गनिर्देशनको लागि विनम्र अनुरोध गर्दछु ।

१) गतवर्ष आयोजित ‘नेपलिज प्रेस नाइट’ च्यारिटी डिनरमार्फत संकलित राशिलाई एक आपतकालीन अक्षयकोष स्थापना गरी व्यवस्थित गर्ने कार्य बाँकी रहेको हुँदा त्यसलाई पूरा गर्ने ।

२) विगत दुई वर्षदेखि शाखाको इन्टरन्याशनल जर्नलिष्ट फेडरेसन (आइएफजे), न्याशनल युनियन अफ जर्नलिष्ट (एनयुजे), बोर्नमाउथ युनिभर्सिटी मिडिया स्कुल र वेष्टमिनिष्टर युनिभर्सिटीजस्ता प्रतिष्ठानसित सम्पर्क स्थापित गराएकोमा त्यसलाई विस्तार र प्रगाढ बनाउने ।
३) युकेस्थित नेपाली समुदायसित अझ दरिलो सम्बन्ध स्थापना गरी पत्रकारिताको स्तरोन्नतिका लागि र मिडियाको दीगोपनका लागि सक्दो प्रयास गर्ने ।
४) शाखामा आबद्ध पत्रकारहरुको ज्ञान, सीप, क्षमता अभिवृद्धि, वृत्ति विकासका लागि तालिम, सेमिनार, अनुभव आदानप्रदान, प्रोत्साहन कार्यक्रम आयोजना गर्ने ।
५) शाखा र एनआरएनए युकेको संयुक्त पहलमा स्थापित एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारलाई थप व्यवस्थित, पारदर्शी र दुवै संस्थाको अपनत्व महसुस गर्ने गरी सञ्चालन विधि बनाउने ।
६) अन्य देशमा खुलेका महासंघका वैदेशिक शाखाहरुसित समन्वय गरी महासंघको वैदेशिक शाखाका बारेमा विधानमा अझ प्रस्ट व्यवस्था गराउन पहल गर्ने ।

धन्यवाद
विनित
नरेश खपाङ्गीमगर

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!