तामाङ ह्रुई(थर), ङारु, ठुङ्सा, केसा, बाप्सा र फोलाबारे विमर्श

SHARE:

काठमाडौं । तामाङ ह्रुई(थर), ङारु, ठुङ्सा, केसा, बाप्सा र फोलाबारे विमर्श सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङको तामाङ ह्रुई (थर) वंशावली समन्वय विभागको आयोजनामा घेदुङ सभाहल, चुच्चेपाटीमा तामाङ ह्रुई (थर), ङारु (स्वाँगे), ठुङ्सा (उद्गम भूमि), केसा (जन्मभूमि), बाप्सा (बसाइँसराइ गरी आएको भूमि) र फोला (कुलदेवता) लगायतका विषयमा छलफल कार्यक्रम गरिएको हो ।
कार्यक्रममा तामाङ समुदायका विभिन्न ह्रुई (थर) वंशावलीका अध्यक्ष तथा प्रतिनिधिहरूले आ–आफ्नो वंशको परिचय, ऐतिहासिक पृष्ठभूमि, पहिचान, स्वाँगेभाइबीचको सम्बन्ध, बाप्सा, केसा र ठुङ्सालगायतका विषयमा आ–आफ्ना धारणा तथा अनुभव प्रस्तुत गरेका थिए । छ्युमी समाजको तर्फबाट महेश छ्युमी तामाङ, ग्याम्देन थरको सम्बन्धमा बिरबहादर ग्याम्देन तामाङ, स्याङतान समाजबाट विश्वकुमार स्याङतान तामाङ, वाइबा समाजका अध्यक्ष विगेन्द्रसिंह वाइबा तामाङ, ङारदेन समाजका अध्यक्ष रविन्द्र ङारदेन तामाङ, ह्योन्जन वंश प्रतिष्ठान उपाध्यक्ष पुन्यबज्र योन्जन तामाङ, जिम्बा थरको सम्बन्धमा बोम्बो घेदुङका अध्यक्ष पदक जिम्बा तामाङ, स्याङ्बा थरको विषयमा विकेश स्याङ्बा तामाङ, ग्याबा तामाङ वंश उथ्थान संघको उपाअध्यक्ष तारा ग्याबा तामाङ, गोले वंश उथ्थान समाजका अध्यक्ष मिनप्रसाद गोले, ग्लान समाजका तर्फबाट युनिक रक्षे ग्लान तामाङ, थिङ थेमेका वरिष्ठ उपाध्यक्ष अमृत थिङ तामाङ, ब्लोन थेमेको तर्फबाट दर्पण ब्लोन तामाङ, सिङदान थरको बारेमा प्रेम सिङदान तामाङले भनाई राख्नु भएको थियो ।
नेपाल घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोनको प्रमुख आतिथ्यतामा तथा विभाग प्रमुख फुर्साङ मोक्तानको अध्यक्षता सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामा, नेपाल तामाङ घेदुङका प्रमुख सल्लाहकार मोहन गोले तामाङ घेदुङकासाथै घेदुङका पदाधिकारीहरुले तामाङ ह्रुई पम्परामा रहेका अन्योलता हटाई समाजलाई सहि मार्गमा डो¥याउन थप छलफल तथा विमर्शको आवश्यतामा जोड दिएका छन् । भने थप अध्ययन अनुसन्धानमा आधारित रही केही समयमै बृहत कार्यशाला गर्ने निश्कर्ष निकालिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!