जनयुद्ध नभएको भए सूर्य थापाहरु श्रीमान गम्भीर नेपाली भन्‍ने राष्ट्रिय गान गाएर बसिरहेका हुन्थे : हिमाल शर्मा

SHARE:

एटा संवाददाता

काठमाडौं । नेकपाका केन्द्रीय सदस्य एवं युवा नेता हिमाल शर्माले पार्टीकै केही नेताले जनयुद्धको अवमूल्यन गर्न खोजिएको भन्दै कडा जवाफ दिएका छन् ।

आइतबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै नेता शमाले नेकपा (माओवादी) ले जनयुद्ध नगरेको भए अहिले सूर्य थापाहरु श्रीमान गम्भीर नेपाली भन्‍ने राष्ट्रिय गान गाएर बसिरहेको स्थिति रहिरहने बताएका हुन् । ‘माछा मीठा काँडा तिता कसैले गर्न मिल्दैन । यदि माओवादीले फागुन १ गते जनयुद्धको सुरु नगरेको भए । त्यो पहलकदमी माओवादी नेतृत्वले गर्ने थिएन भने अहिले सूर्य थापाहरु श्रीमान गम्भीर नेपाली भन्‍ने राष्ट्रिय गान गाएर बसिरहेको रहेको हुन्थ्यो’, उनले भने, ‘यो हामीले भुल्नु हुँदैन ।’

जनयुद्ध र जनआन्दोलनमा बलिदान दिन नयार नभएको भए राजतन्त्र फाल्न सक्ने थिएन भन्दै उनले हिजोका संघर्षलाई कम नआँक्न चेतावनी दिए । ‘हामी कोही न कोही मर्न तयार नभएको भए । कोही न कोही घर छोड्न तयार नभएको भए । कोही न कोही भूमिगत हुन तयार नभएको भए । कोही न कोही परिवारिक स्थितिबाट बाहिर निस्केर आन्दोलन गर्न तयार नभएको भए के राजतन्त्रको अन्त्य हुन्थ्यो ? म प्रश्‍न गर्न चाहन्छु । यो सम्भव थियो’ उनले भने, ‘राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रमा हामीले नयाँ राष्ट्रपति पाएका छौं । जनताले आफ्नो संविधान आफ्नो प्रतिनिधिबाट निर्माण गराएका छन् । आफ्नो सरकार आफैले चलाएका छौं । संघीय लोकतान्त्रिक गणतन्त्रमा हामी अभ्यास गरिराखेका छौं । यी मीठा हुने । यत्रो बलिदानलाई, यत्रो संघर्षलाई, त्याग तपस्यालाई नजरअन्दाज गर्ने ? यो कुरा गर्न मिल्दैन ।’

केन्द्रीय सदस्य जस्तो व्यक्तिले पार्टीको आधिकारिक धारणा बोल्नु पर्ने भन्दै नेता शर्माले जनतामा भ्रम छर्ने काम गर्ने आग्रह गरे । ‘पार्टी एकताका बेलामै यी कुरामा छलफल भएका थिए । यी विषयलाई संश्लेषण गरेर दस्तावेजमा आएका छन् । त्यो दस्तावेजमा उल्लेख भएका विषयमा हामी छलफल गरौं न । तयार छौं । तर यी विषयलाई मेनिपुलेट गर्न पाइँदैन, दिग्भ्रमित पार्न पाइँदैन कार्यकर्ता र जनसमुदायलाई,’ उनले भने, ‘यसकै लागि हामीले अभियान चलाउँदैछौं । पार्टीका तल्लो पंक्तिसम्मै बुझाउँदै छौं । कसैले बुझ्नु भएको छैन भने स्पष्ट हुने मौका पनि हुन्छ नै । स्पष्ट हुनु पर्दछ । टीकाटिप्पणी आफ्नो हैसियत अनुसार पनि गर्नुपर्ने हुन्छ । चित्त नबुझेको कुरा पार्टीपंक्तिमा राख्ने हो ।’

प्रधानमन्‍त्रीका प्रेस सल्लाहकारसमेत रहेका नेकपा केन्द्रीय सदस्य सूर्य थापाले जनयुद्ध दिवस अर्थात् फागुन १ गतेको एक टेलिभिजनसँगको अन्तर्वार्तामा जनयुद्धको महिमा गाउन र जनयुद्ध दिवस मनाउनका लागि पार्टी एकता नगरेको अभिव्यक्ति दिएका थिए । त्यसपछि उनको पार्टीभित्रकै तत्कालीन माओवादी केन्द्रका नेताहरुले प्रतिवाद र आलोचना गरिरहेका छन् । नेकपा का केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका प्रतिनिधिसभा सदस्य सांसद् सुदन किरातीले थापालाई प्रेस सल्लाहकारबाट बर्खास्त गर्नसमेत माग गरेका छन् । उनले प्रधानमन्त्रीले ओलीले थापालाई सल्लाहकार बनाएर महागल्ती गरेको दाबी गर्दै उनले माफी माग्नु पर्ने बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!