एनआरएनए र सहारा यूकेका टोलीको पोखरा बसपार्कमा स्वागत

SHARE:

पोखरा । १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागिता जनाउन आएको गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके र सहारा क्लब पोखराको भातृ संस्था सहारा यूकेको टोलीले पोखरा बसपार्क सहारा क्लब पोखरामा भेटघाट गरेको छ ।

एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङसहित पुगेको टोलीले क्लबका अध्यक्ष केशवबहादुर थापालगायत क्लबका पदाधिकारीसँग भेटघाट गरी एकेडेमीलगायत फागुन २२ गतेबाट सुरु हुने आहा रारा गोल्डकपबारे जानकारी लिएको थियो । सो अवसरमा एनआरएनए यूकेकी अध्यक्ष गुरुङले खेलकुदको विकाससँगै सामाजिक अभियानमा सहाराले गरेको कार्यको प्रशंसा गरेको क्लवका अध्यक्ष थापाले बताए ।

सो अवसरमा पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङ, सहारा यूकेका महासचिव धनु थकाली, संस्थाका प्रमुख सल्लाहकाकार महेश गुरुङ, संस्थाका सचिव पूर्वडिएसपी वाचस्पती रेग्मी, कार्यसमिति सदस्य मञ्जु गुरुङ, योगेश गुरुङ, भोज गुरुङ, सल्लाहकारहरु लोकबहादुर गुरुङ, चन्द्रमान गुरुङ, नरजङ गुरुङ, तमुधिं यूकेका पूर्वअध्यक्ष तथा सहारा यूकेका सदस्य कमल गुरुङ, पूर्वखेलाडी तथा प्रशिक्षक भूपू कर्णेल मणिन्द्र गुरुङ र उनकी श्रीमती इन्द्रा गुरुङ लगायत सहभागी भएको क्लबले जनाएको छ । क्लबमा पुगेको यूकेको टोलीलाई क्लबका अध्यक्ष थापा लगायत पदाधिकारीहरुले स्वागत गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!