तीन वर्षदेखि ह्यारी-मार्कलबीचको प्रेम सम्बन्ध विवाहमा बदलियो

SHARE:

बेलायत । बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिएका छन् ।

राजधानी लण्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल (दरबार) को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करीब ६०० विशिष्ट पाहुना सहभागी भए भने वैवाहिक समारोह भएको दरबार बाहिर हजारौँ दर्शकहरूले सडकका दुई किनारामा रहेर समारोहमा खुसी साटासाट गरेका थिए । उनीहरूको विवाहलाई टेलिभिजनमार्फत गरिएको प्रत्यक्ष प्रसारणलाई विश्वभर विशेष उत्लासकासाथ अवलोकन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विवाह समारोहमा ३३ वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कलले एकापसमा सँगै जिउने वाचा गर्दै औँठी साटासाट गरेपछि परम्पराअनुसार केनटनबरीका आर्कसिशप जस्टिन वेल्बीले उनीहरू श्रीमान् र श्रीमती भएको घोषणा गरेका थिए । यसलाई एउटा ऐतिहासिक घटनाको रूपमा लिइएको छ ।

मार्कल आफ्नी आमासहित रोल्सरोयस गाडीमा विवाहस्थल पुगेका थिए भने सेन्ट जोर्जेज च्यापलमा पुगेसँगै ह्यारीका पिता युवराज चार्ल्सले मार्कलको हातमा समाएर वैवाहिक समारोहमा लगेका थिए ।

यसैगरी ह्यारी विवाह समारोहस्थलमा आफ्ना दाजु विलियमसँगै पुगेका थिए ।

विवाहको खुशियालीमा देशभर चियापान कार्यक्रमको आयोजना गरिएको समाचारमा जनाइएको छ ।

उनीहरू सन् २०१६को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका राजकुमार ह्यारीको प्रेमी जोडी गत सेप्टेम्बर महिनामा पहिलोपटक सार्वजनिकरुपमा देखापरेका थिए ।

अमेरिकी टेलिभिजनको टेलिशङ्खलामा काम गर्दा चर्चित भएकी मार्कल परोपकारी कार्यमा पनि संलग्न छन् ।

प्रकाशित मितिः ५ जेठ २०७५

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!