
लमजुङ । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशनले रविन गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । लमजुङको पसगाउँमा शनिबार सम्पन्न महाधिवेशनबाट चयनको नयाँ कार्यसमितिको उपाध्यक्षमा चित्रबहादुर गुरुङ (लाला), महासचिवमा रोशनी गुरुङ, सचिवमा चित्र गुरुङ र कोषाध्यक्षमा दीपेन्द्र गुरुङ चयन भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा मणीलाल गुरुङ, सीता गुरुङ, गजेन्द्र गुरुङ, रोहित गुरुङ, नविन गुरुङ, मीना गुरुङ, केशव गुरुङ, कुमार गुरुङ, खिमा गुरुङ र किरण गुरुङ रहेका छन् ।
महाधिवेशनको गण्डकी प्रदेशका अर्थ तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरेका थिए ।






