पञ्‍चकन्याका दुई बालक सम्पर्कविहीन : खोजीका लागि अभिभावकको आग्रह

SHARE:

घलेभञ्‍ज्‍याङ । नुवाकोट पञ्‍चकन्या गाउँपालिका वडा नम्बर ३ घलेगाउँका २ स्कुले बालक सम्पर्कबिहीन भएका छन् । १४ वर्षीय हर्के तामाङ र सुजन लामा सोमबारदेखि हराइरहेको उनका आफन्तले जनाएका छन् । हर्के स्थानीय पञ्‍चकन्या माविमा कक्षा ७ मा र सुजन सप्तकन्या आवि घलेभन्ञ्याङमा कक्षा ४ मा अध्ययनरत छन् ।

दुवै बालक सोमबार काठमाडौंको तार्केश्वर नगरपालिका ४ शेषमतिबाट बेपत्ता भएका सुजनका बुवा लालबहादुर तामाङ लामाले जानकारी दिए । उनले आफ्ना छोरा र अर्का बालकको खोजीका लागि सबैसँग आग्रह गरेका छन् ।

पीडित आफन्तले मंगलबार खोजतलासका लागि महानगरीय प्रहरी वृत्त बालाजुमा निवेदन दिएका छन् । उनीहरुलाई कतै भेटिएमा आफ्नो सम्पर्क नम्बर ९८६१५८१९६७ मा खबर गर्न लालबहादुर लामाको अनुरोध छ ।

ती बालकहरुलाई भेटिए ९८४१५५४८६६, ९८१८०६९०९५ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!