छ किलो सुनसहित भारतीय पक्राउ

SHARE:

काठमाडौं । त्रिभुवन राजपथको हेटौँडा–वीरगञ्ज सडकखण्डको रातोमाटेमा आज बिहान ४ः३० बजे प्रहरीले छ किलो सुनसहित एक भारतीयलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरी सुनको अवैध कारोवार गर्ने भारत कर्नाट बस्ने ४२ वर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए । सुन कूल छ किलो २८९ ग्राम ३५० मिलीग्राम रहेको जनाइएको छ ।

काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको यात्रुबाहक रात्रि बसमा जाँच गर्दा बसमा सवार अब्दुलले बोकेको कालो झोलामा मोटर पाट्र्सभित्र जडान हुने फलामको बेरिङजस्तो देखिने चार थान, फलामको पास्ताको बेरिङ दुई थान र फलामको मिट बेरिङ दुई थान पार्टभित्र लुकाइछिपाइ ल्याएको अवस्थाका पक्राउ गरिएको हो । बरामद गरिएको सुनको आजको मूल्य करिब रु चार करोड २७ लाख, ५८ हजार ७७४ छ । थप अनुसन्धान गर्न राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!