‘सेन्टी भाइरस’को कमाई ४ करोड

SHARE:

काठमाडौं । ‘सेन्टी भाइरस’ फिल्मले नेपालमा दोस्रो साता नै ४ करोड ग्रस कलेक्शन गर्न सफल भएको बताइएको छ । फागुन ९ गतेबाट रिलिज भएको चलचित्रले १८ गते शनिवारसम्ममा चार करोड ग्रस कमाइ गरेको निर्माण पक्षले जनाएको हो ।


आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर वितरक गोविन्द शाही र प्रस्तुतकर्ता तथा कलाकार सिताराम कट्टेलले दिएको जानकारीअनुसार काठमाडौंमा २ करोड १० लाख ३ हजार र काठमाडौं बाहिर १ करोड ९० लाख ५ हजार ग्रस कलेक्शन गरेको हो । चलचित्रले देशभरबाट दोस्रो साताको शनिबारसम्म ४ करोड ८ लाख कलेक्शन गरेको वितरक शाहीले जनाए ।

कलाकार सितारामले भने–‘मोटामोटी लगानी सुरक्षित भएको अवस्था छ । चलचित्रको कुल लगानी २ करोड ८५ लाख हो । जसमा ओभरसिज हामीले १ करोड १५ लाखमा विक्री गरेका थियौ भने ४५ लाख यसको डिजिटल राइट्स थियो ।’

सितारामले चलचित्रको समिक्षाको बिषयमा भने–‘समिक्षकहरुले लेखेको कुरामा मेरो असन्तुष्टी होइन । सुरुवातका २ दिनपछि दोधारका कारण चलचित्र हेर्न दर्शकको फ्लो कम भएको थियो । तर, अहिले दर्शक बढ्नुभएको छ ।’

चलचित्रले नेपालबाट लगानी उठाउन अझै ४ करोडको हारहारीमा व्यापार गर्नुपर्नेछ । सितारामले भने–‘हामीले निकै राम्रो चलचित्र बनेको थियो भनेका पनि छैनौं र म पनि यो भन्दिन । हामीले निकै प्रेसरमा चलचित्र बनाएका थियौ । यसैले पनि कती कमजोरी थिए होलान् । हामी कतै चुकेका थियौं ।’

रामबाबु गुरुङ निर्देशित यो चलचित्रमा सितारामको साथमा कुञ्जना घिमिरे, दयाहाङ राइको मुख्य भूमिका छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!