सुर्खेतमा जिप दुर्घटना : ३ जनाको मृत्यु, चार घाइते

SHARE:

काठमाडौं । सुर्खेतको गल्छेनामा बुधबार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । मृत्यु हुनेमा बाँकेको वैजनाथ गाउँपालिका–३ का ४२ वर्षीय खड्गबहादुर बीसी, उनकी ३९ वर्षीया श्रीमती गोमा बीसी र सुर्खेत घर भएका ५० वर्षीय देबबहादुर खड्का रहेको सुर्खेतका प्रहरी नायव उपरीक्षक रवी रावलले जानकारी दिए ।

दैलेखको धरमपोखराबाट सुर्खेत तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जिप वीरेनद्रनगर नगरपालिका–१५ राउटे गल्छेनामा अनियन्त्रित भई सडकदेखि ४ सय मिटर तल खसेर दुर्घटना हुँदा तीनै जनाको घट्नास्थलमै मृत्यु भएको उनले बताए । घाइते चारै जनालाई उपचारका लागि सुर्खेत पठाइएको रावलले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!