शेर–जनिमा स्मृति छात्रवृति वितरण

SHARE:

एटा संवाददाता
म्याग्दी । गत शुक्रबार म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका ७ चिम्खोला अमर माध्यमिक विद्यालयमा शेर–जनिमा स्मृति छात्रवृत्ति वितरण गरिएको छ । सो छात्रवृत्ति स्वर्गीय शेरबहादुर गर्बुजा र स्वर्गीय जनिमा गर्बुजाको स्मृतिमा उनका छोराहरु साहित्यकार, पत्रकार तथा समाजसेवी दुत पुन (चिम्खोले काइँला), समाजसेवी अमृत गर्बुजा, साहित्यकार निलम गर्बुजा (चिम्खोले ठिटो) र स्वर्गीय समाजसेवी हस्तकुमार गर्बुजाका परिवार मिलेर स्थापना गरेका हुन् ।

शेर–जनिमा स्मृति अक्षय कोषको धनराशि ५ लाख रुपैयाँको छ । सो ५ लाख रुपैयाँको अक्षय कोषबाट हरेक वर्ष आउने ब्याजबाट चिम्खोला गाउँमा सञ्चालित विद्यालयहरुबाट सर्वोत्कृष्ट नतिजा ल्याउने छात्र तथा छात्राहरुलाई शेर–जनिमा स्मृति छात्रवृत्तिद्वारा हरेक वर्ष सम्मान गरिन्छ ।

शेर–जनिमा स्मृति अक्षय कोष ५ वर्ष अगाडि तथा सन् २०१५ मा अमृत गर्बुजाको परिकल्पनामा स्थापना भएको हो । यस वर्ष अल्जिना रसाइली र नेहा पुन चिम्खोला आधारभूत प्राथमिक विद्यालय गौडामुनी, समीक्षा पुन र स्नेह पुन चिम्खोला सिद्ध प्राथमिक विद्यालय पात्लेखेत, सन्ध्या नेपाली र यशु पुन अमर प्राथमिक विद्यालय चिम्खोला, स्मृति बुढा र सन्ध्या पुन अमर निम्न माध्यमिक विद्यालय चिम्खोला र दिमा गर्बुजा र पत्रिका पुनले छात्रवृत्ति पाएका छन् । उनीहरुलाई जनही २ हजार प्रदान गरिएको थियो ।

सोही कार्यक्रममा चिम्खोला अमर माध्यमिक विद्यालयबाट बाहिर तथा छिमेकी गाउँहरुमा कक्षा ११ र १२ मा अध्ययनरत छात्र तथा छात्राहरुलाई अमृत गर्बुजाले व्यक्तिगत रुपमा सम्मान गरेका थिए । उनले रोजिना गर्बुजा १२ कक्षा, रिना पुन १२ कक्षा, सिन्सोन तिलिजा ११ कक्षा, सुरज तिलिजा ११ कक्षा, बच्चन पुन ११ कक्षा, गर्बुना पुन ११ कक्षा, समीक्षा गर्बुजा सिएमइ, धनमाया बुढा ११ कक्षा, सुनिता पुन १२ कक्षा र थामी पुनलाई जनही ३,००० रुपैयाँसहित सम्मान गरे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलप्रसाद गर्बुजाको अध्यक्षता सञ्चालित कार्यक्रममा हिमालयन आमा समूह चिम्खोलाका अध्यक्ष बुद्धिमाया पहराई पुन प्रमुख अतिथि थिए भने विशेष अतिथिहरुमा अमर माविका प्रधानाध्यापक पृथ गर्बुजा, समाजसेवी अमृत गर्बुजा, वडा सदस्य लक्ष्मण पुन र साहित्यकार निलम गर्बुजा थिए ।

सो कार्यक्रम अमर माविका शिक्षक कप्रसाद गर्बुजाले सञ्चालन गरेका थिए भने समाजसेवी अमृत गर्बुजाले स्वागत मन्तव्य दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!