विषाक्त मदिरा सेवनबाट धनुषामा ५ जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

SHARE:

धनुषा । जिल्लाको क्षीरेश्‍वरनाथ नगरपालिकाको रमदैयामा विषाक्त घरेलु मदिरा सेवनबाट ५ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक रमेशकुमार बस्नेतले आफूहरुलाई मृत्यु भएको खबर आए पनि पुष्टि नभएको बताए। मदिरा सेवन गरेका अन्य २ जनाको अवस्था चिन्ताजनक रहेको गाउँलेले बताएका छन् । स्थानीय रामगुलाम महराका अनुसार मदिरा सेवनले गुदरी महरा, ब्रम्हदेव यादव, रामनरायण महरा र रामविलास महराको मृत्यु भएको छ। मृतकमध्ये एक जनाको नाम खुल्न सकेको छैन ।

मदिरा सेवन गरेका रमदैयाका शत्रुधन मण्डल र रामइश्वर महराको अवस्था चिन्ताजनक छ । दुवै जनाको जानकी मेडिकल शिक्षण अस्पताल जनकपुरमा उपचार भइरहेको छ। दुवै जनालाई भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!