मिर्गौला प्रत्यारोपण गरेर निवास फर्किए प्रधानमन्‍त्री

SHARE:

काठमाडौं । नेपालका प्रधामन्त्री केपी शर्मा ओलीलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको छ । ओलीलाई शुक्रबार साँझ साढे ६ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिएको हो । डिस्चार्जपछि उनी बालुवाटारस्थित प्रधामन्त्रीका सरकारी निवासमा फर्किएका हुन् ।

‘सम्माननीय प्रधानमन्‍त्री श्री केपी शर्मा ओलीज्यू त्रिवि शिक्षण अस्पतालमा २०७६ फागुन १९ गते भर्ना हुनु भई फागुन २१ गते उहाँको मिर्गौला प्रत्यारोपण गरिएको थियो। आज उहाँलाई अस्पतालबाट पूर्ण स्वास्थ्यलाभपछि डिस्चार्ज गरिएको छ’, मिर्गौला रोग तथा प्रत्यारोपण चिकित्सा विभाग प्रमुख एवं प्रधानमन्‍त्रीका निजी चिकित्सक दिव्या सिंह शाहले शुक्रबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘उहाँका भाइटल तथा ल्याब सूचकांकहरु राम्रो अवस्थामा रहेका छन्।’

उनी नियमित फलोअपमा रहनुपर्ने अस्पतालले जनाएको छ। अस्पतालका अनुसार प्रधानमन्‍त्री ओलीकामहत्वपूर्ण अंगका परिसूचक र परीक्षणहरु राम्रो अवस्थामा रहेका छन्।

प्रधानमन्त्री डिस्चार्ज हुनुअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल त्रिवि शिक्षण अस्पताल पुगेका थिए । यस्तै, पार्टी महाचिव विष्णु पौडेल, प्रवक्ता नाराणकाजी श्रेष्ठ, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका अस्पताल पुगेका थिए ।

फागुन १९ गते अस्पताल भर्ना भएका ओलीको २१ गते बुधबार दोस्रो पटकमिर्गौला प्रत्यारोपण गरिएको थियो। उनकी मिर्गौलादाता समीक्षा संग्रौला यसअघि नै डिस्चार्ज भइसकेकी छन्।

प्रधानमन्‍त्रीले भने-‘मेरो मिर्गौलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकप्रति विशेष आभारी छु’

काठमाडौँ — डिस्चार्ज भएर बालुवाटार पुगेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत अस्पतालमा रहँदा स्वास्थ्यलाभको कामना गर्ने मित्र एवं सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

‘बाह्र दिन लामो अस्पताल बसाइपछि मिर्गौला प्रत्यारोपण गरेर म आज आफ्नो निवासमा फर्केको छु’, उनले ट्वीटमा भनेका छन्, ‘मेरो मिर्गौलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकप्रति विशेष आभारी छु।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!