एटा संवाददाता
लण्डन । नेपाल उत्पीडित जातीय समाज (नोप्स) युरोप (यूके शाखा) ले आउँदो २१ मार्च २०२० का दिन अल्डरसटको दि प्यालेस रेष्टुरेण्टमा आयोजना गर्न लागिएको ५५ औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद दिवस (मार्च २१) को कार्यक्रम स्थगित गरेको छ ।
१४ मार्च २०२० का दिन अल्डरसटमा बसेको नोप्स युरोप (यूके शाखा) को बैठकले उक्त कार्यक्रम स्थगित गरेको हो । अहिले विश्वभर फैलिएको नोवल कोरना भाईरस Coronavirus (COVID-19)का कारण जनजीवन अस्तव्यस्त भएको अवस्थामा कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको जनाइएको छ ।
उक्त निर्णयबाट पर्न गएको असुविधाप्रति कार्यक्रम संयोजक एवं नोप्स युरोपका उपाध्यक्ष धनबहादुर सार्कीले क्षमायाचना समेत गरेका छन् । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीको प्रमुख आतिथ्यमा आयोजना गर्न लागिएको कार्यक्रमका लागि नेपालका वरिष्ठ लेखक, दलित तथा जनजातिज्ञाता, राजनैतिक विश्लेषक विश्वभक्त दुलाल (आहुती) समेतलाई विशेष निमन्त्रणा गरी कार्यक्रमको भव्य तयारी भइरहेको अवस्थामा कोरोना भाइरसका कारण स्थगित गरिएको संयोजक सार्कीले जानकारी दिए ।






