काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापार्कमा आइतबार बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पोखराबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना५ख ४२९४ नंको यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल खस्दा बसमा सवार दुईजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामबहादुर खत्रीले जानकारी दिए । घटनामा थुप्रै यात्रु घाइते भएको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।







