नेपाली वेलफेयर सोसाईटी युकेले अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने

SHARE:


एटा संवाददाता ।
लण्डन । कोरोना भाइरसका कारण अप्ठ्यारोमा परेकाहरुलाई नेपाली वेलफेयर सोसाईटी युकेले  सहयोग गर्ने भएको छ । सोसाईटीका अध्यक्ष धन बहादुर सार्कीले, ‘यस समय प्रकृतिले हामीलाई साथ दिईरहेको छैन । संसारलाई नै त्राहि त्राहि बनाउने यो सरुवा रोग कोरोना भाईरस संग बच्न र अरुलाई पनि बचाउन आउनुहोस्’ भन्दै,  सोसाईटी सबै साथीहरु मिलेर आफ्नो आफ्नो क्षेत्रलाई वरिपरि समेट्ने हिसाबले एउटा सहयोगी टिम बनाइएको जनाए ।
उनले, ‘तपाईहामी जो जससंग समय र ईच्छाशक्ति छ, मिलेर आवश्यक परेका हाम्रा नेपाली वेलफेयर सोसाईटी युके परिवारका साथै अन्य समुदायका सदस्यहरुलाई आवश्यक परेको बेलामा सहयोग’ गर्ने उद्देश्य अनुरुप नेपाली वेलफेयर सोसाईटी युकेका सल्लाहकारहरु, कार्यसमितिका सदस्यहरु एवं सम्पूर्ण सदस्यहरु भएको एक टिम गठन गरिएको बताए ।
उक्त समूहले यदी कोही सदस्य क्वारन्टाईनमा छन् र घरमा सामानहरु सकिएको छ भने सपिङ गरेर ढोकामा राखिदिने, उनीहरुलाई फोनबाट हुन सक्ने सरसल्लाह र सुझाबहरु दिने, कुनै सदस्यहरुको घरमा खाना पकाउने स्थिति पनि छैन भने खाना पकाएर लगेर ढोकामा राखीदिने, उनीहरुलाई चाहिने साधारण औषधीहरु किनेर ढोकामा राखीदिने, सहयोगका लागि आर्थिक संकलन गर्ने लगायत सहयोग गर्ने अध्यक्ष सार्कीले जनाए । उक्त समूहमा सोसाईटीका अध्यक्ष धनबहादुर सार्की (हन्स्लो), शम्सेर नेपाली (साउथ हल), तेजेन्द्र गुरुङ (अल्डरसट), गोपाल सार्की (बेजिङ्गस्टोक), धविन्द्र सार्की (वेष्ट ड्राईटन), थम सार्की (ह्यारों, लाल बहादुर नेपाली (टिथवर्थ), पूर्ण बहादुर नेपाली (हेज), दिल बहादुर सार्की (फेल्थाम) रहेका छन् ।
साथै, यस्तो अप्ठ्यारो परिस्थितिमा आवश्यक सहयोग चाहिएमा आपूmलाई 07909387460 नम्बरमा सम्पर्क गर्न सोसाईटीका अध्यक्ष धन बहादुर सार्कीले अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!