समाजवादी पार्टी, प्रवास बिशेष प्रदेश समितिले विदेशमा विचल्लीमा परेकालाई उद्धार गर्ने

SHARE:

एटा सम्वाददाता ।
लण्डन ।
समाजवादी पार्टी, प्रवास बिशेष प्रदेश समितिले विदेशमा विचल्लीमा परेका श्रमिक तथा विद्यार्थीहरुको उद्धार गर्न माग गर्दै एक विज्ञप्ति जारी गरेको छ । कोरोना भाईरस सक्रमणको कारण विदेशमा काम गर्ने फ्याक्ट्री बन्द भएको, रोजगार नभएको, बस्नेसुत्ने ब्यवस्था नभएका नेपालीहरुलाई नेपाल प्रवेशमा समेत रोक लगाईएको कारण पर्न गएको विपत्तिलाई सम्बोधन गर्न अध्यक्ष धन गुरुङ र मुख्य–सचिव विश्वास दीप तिगेलाले एक विज्ञप्ति जारी गरेको छ ।
हेर्नुहोस जस्ताको तेस्तै विज्ञप्तिः

मितिः २१ मार्च २०२०
प्रेस विज्ञप्ति

विश्वभर फैलिईरहेको कोरोना भाईरसले विश्वलाई आतंकित बनाईरहेको छ । संक्रमित हुने र निधन हुनेको संख्या प्रतिदिन बढ्दो छ । यो असामान्य परिस्थितिमा सिंगो नेपाली जनताको स्वास्थ्यलाई ख्याल गर्दै नेपाल सरकारबाट २२ मार्चको मध्यरात देखि ३१ मार्चको मध्यरात सम्म अन्तर्राष्ट्रिय उडान बन्द गरिनु स्वागतयोग्य भएपनि देश बाहिर रहदै आएका कुनै पनि गैर–आवासीय नेपाली र विदेशबाट फर्केका वा फर्काइएका विकल्पहीन नेपाली श्रमिकहरुलाई स्वदेश प्रवेशमा रोक लगाईनु निन्दनीय छ ।
विश्वको कुनैपनि कुनामा रहेका नेपालीहरुको आस्था एवं आधार नेपालभूमि हो र नेपाल सरकार अभिभावक भएकोले यो विषम परिस्थितिमा विशेषतः कोरोना भाईरसको कारण रोजगार गुमाएका, विदेशमै बस्न सक्ने अवस्था नभएकाहरुको निमित्त सोच्न नेपाल सरकार समक्ष समाजवादी पार्टी, प्रवास बिशेष प्रदेश समिति अपिल गर्दछ । नेपालमा फर्कन चाहाने कुनैपनि नेपाली तथा गैर–आवासीय नागरिकको प्रवेशमा रोक लगाइनु हुदैन । उनीहरुलाई बरु क्वारेन्टाइनमा राख्ने र कसैमा संक्रमण भेटिएमा यथासम्भव उपचार गराइनु पर्दछ । कोरोनाको संक्रमण र संक्रमणको त्रास भन्दा सरकारले आफ्नै नागरिकलाई गरेको उपेक्षा र भेदभाव झनै पीडादायी भएको अवगत गराउदछौ । भौतिक रुपमा जति सम्भव छ सरकारले कुनै कसर बाँकी नराखी कार्य गरोस तर भावानात्मक चोट पु¥याउने काम सरकारबाट नहोस । चाइनाको हुआनबाट नेपालीहरुलाई उद्धार गर्न सम्भव भयो भने गल्फ मुलुक र मलेशिया लगायतका मुलुकहरुबाट पनि नेपाली श्रमिकहरुको उद्धार गरियोस । हाल सम्म नेपालमा रहेका भन्दा बाहिर मुलुकमा रहेका नेपालीहरु अति प्रभावित भएका कारण नेपाल सरकारद्धारा राहत तथा उद्धारको घोषणा गरियोस साथै विदेश स्थित कुटनैतिक नियोगहरुले थप आवश्यक पहलकदमी गरियोस ।
भयभीत होइन सबैजना सचेत बनौ । सम्बन्धित सरकारले निर्देशन गरेको मापदण्डलाई पालना गरौ । हाम्रो सामूहिक प्रयासले यो विश्व महामारीलाई चाडै नै परास्त गर्न सक्षम हुनेछौ । उपचार प्रविधिको खरिद तथा आपतकालीन सहयोग माग्न सरकारले तुरुन्त पहल गरोस भन्ने पनि अपिल गर्दछौ ।
प्रवासमा रोजगार गुमाएका, विचल्लीमा परेका, सहयोगको आवश्यकता भएका नेपाली युवा, विद्यार्थी तथा मजदुरहरुलाई त्यही मुलुकमा स्थापित र अनुकूल अवस्थामा रहेका नेपाली दाजुभाईहरुले सहयोग गरिदिन पनि अनुरोध गर्दछौ । विषेशतः १९ मुलुकमा संचालित ‘नेपाली समाज’लाई सहयोग तथा उद्धारमा अग्रणी भूमिका खेल्न आग्रह गरिन्छ । यो विश्वब्यापी महामारीबाट चाडै मुक्तहुन सकियोस । विश्वभर रहेका सम्पूर्ण नेपालीहरुको रक्षा र संक्रमितहरुको सफल उपचार तथा शिघ्र स्वास्थ्य लाभको निम्ति समाजवादी पार्टी, प्रवास बिशेष प्रदेश समिति भगवान संग प्रार्थना गर्दछ ।
धन्यवाद ।
धन गुरुङ
अध्यक्ष
विश्वास दीप तिगेला
मुख्य–सचिव

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!