सरकारको निर्देशन फलो गरौं, अटेरी नगरौँ : अध्यक्ष गुरुङ

SHARE:


लन्डन । कोरोनाको बढ्दो संक्रमण रोक्ने उद्धेश्यसहित बेलायत सरकारले जारी गरेका निर्देशनहरु पछ्याउन गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्ष पुनम गुरुङले अपील गरेकी छन् । 

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोमबार बेलुका राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना संक्रमण नियन्त्रणको प्रयासमा सर्वसाधारणका लागि कडा नियमहरु घोषणा गरेलगत्तै अध्यक्ष गुरुङले बेलायतबासी नेपालीहरुलाई उक्त अपील गरेकी हुन् ।

‘बेलायतमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवम् दाजुभाईहरुलाई मेरो अनुरोध छ कि बेलायत सरकारले जारी गरेका निर्देशनहरु पूर्ण रुपमा पछ्याउनुहोस्’ , उनको आग्रह छ, ‘हाम्रो आफ्नै सुरक्षाको लागि भएकाले कुनै कुरामा लापरवाही नगर्नुहोस् । ‘
बेलायतमा ठुलो संख्यामा रहेका पूर्व गोर्खा परिवारका ज्येष्ठ सदस्यहरुलाई समेत आवश्यक सुचना र जानकारी बाँडेर सहयोग गर्न अध्यक्ष गुरुङले आव्हान गरेकी छन् ।
‘हाम्रा गोर्खा बाबा आमाहरुले अङ्रेजीमा भनेका कुराहरु बुझ्न सक्नुहुन्न, कतिपय त घरमा बुढाबुढी मात्रै पनि हुनुहुन्छ । उहाँहरुलाई पनि सबै कुरा बुझाउनु , के गर्नुहुन्छ र के गर्नुहुन्न भनेर सिकाउनु पनि हाम्रो कर्तव्य हो’, उनले भनिन् ।

सोमबार प्रधानमन्त्री जोनसनको घोषणापछि अब बेलायतमा अत्यावश्यकबाहेकको अवस्थामा घर बाहिर निस्किन नपाइने भएको छ । आधारभूत आवश्यकताहरुको लागि किनमेल, मेडिकल आवश्यकता , दैनिक व्यायाम, काममा जाने आउने बाहेक घर बाहिर निस्किन पाइनेछैन ।

त्यस्तै, अब अत्यावश्यकबाहेकका सामान बिक्री गर्ने पसल आउटडोर जिमखाना, पुस्तकालय आदि पनि बन्द हुनेछन् ।

एनआरएनए यूके अध्यक्ष गुरुङले कोरोनाका कारण उत्पन्न असहज परिस्थितीमा बेलायतमा समस्यामा पर्न सक्ने भूपू गोर्खा परिवारका ज्येष्ठ सदस्य, विधार्थी लगायतका सबै नेपालीलाई सहयोग प्रदान गर्न आफुहरुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि दोहोर्याएकी छन् ।

एनआरएनए यूकेले कोरोना भाइरस हेल्पलाइन सुरु गरिसकेको जानकारी दिँदै उनले समस्यामा परेका नेपालीहरुलाई सिधै सम्पर्कमा आउन आव्हान गरेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!