नेपालमा लकडाउन लम्बियो, चैत २५ गते मध्यरातिसम्म थप गर्ने मन्त्रिपरिषद्को निर्णय

SHARE:

काठमाडौं । नेपाल सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमन रोक्‍ने र देशभित्रको लकडाउनलाई चैत २५ गते राति १२ बजेसम्मलाई निरन्तरता दिएको छ । तर यस अवधिमा ढुवानीको यातायात भने सुचारु हुने भएको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सीमानाकाको आवागमनलाई रोक्ने र लकडाउन चैत २५ गते सम्म निरन्तरता दिने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिनका लागि सरकारले चालेको कदमका कारण संक्रमितको संख्या बढ्न नपाएकोमा सरकार सन्तुष्ठ रहेको निष्कर्ष निकाल्दै बैठकले सबैको सहयोगका लागि धन्यवाद पनि दिएको छ । त्यसैगरी संक्रामक रोग ऐन २०२० को आदेश चैत २५ गते राति १२ बजे सम्मलाई कायम राख्ने निर्णय गरेको छ ।

यसअघि आइतबार दिउँसो उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले लकडाउनको समय बढाउन सरकारलाई सिफारिस गरेको थियो । यसअघि चैत १० गते बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले ११ गते मंगलबारदेखि १८ गतेसम्म देशभर लकडाउन गर्ने निर्णय गरेको थियो ।

आइतबारको बैठकले कोरोना रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन सरकारले उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोख्रेलको संयोगकत्वमा कोरोना १९ क्राइसिस म्यानेजमेण्ट सेन्टर गठन गरेको छ । कोरोना १९ क्राइसिस म्यानेजमेण्ट सेन्टर नामको उच्चस्तरीय कार्यदलमा गृहमन्त्री,अर्थमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री सदस्य रहने छन् ।

यो उच्चस्तरीय कार्यदलमा सुरक्षा निकायका प्रमुखहरु पनि रहने व्यवस्था गरिएको छ । यो टिमले सरकारले दिएको आदेश कार्यान्वयन गराउने, शान्ति सुरक्षा कायम गर्ने र संक्रमणलाई नियन्त्रित अवस्थामा लगेर सबैलाई अनुशासनमा राख्ने गरि काम गर्ने निर्णय जिम्मेवारी तोकिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!