
ज्ञाम गुरुङ, लण्डन । विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण तमु धिं युकेले सन् २००३ सालदेखि प्रत्येक बर्ष आयोजना गर्दै आएको गोर्खा कप फुटबल प्रतियोगिता अर्को मितितय नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । तमु धिं युकेको गत २५ मार्चका दिन सम्पन्न अनलाईन बैठकले आउँदो २४ मे २०२० का दिन आयोजना गर्न लागिएको नेपाली समुदाय बेलायतमा अत्यन्त लोकप्रिय गोर्खा कप फुटबल प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको तमु धिं युकेले गत शनिबार एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । सो विज्ञप्तिमा आपूmहरुको चाहना हुँदाहुदै पनि कोरोना भाइरसका कारण स्थगित गर्न बाध्य भएको जनाइएको छ ।
तमु धिं युकेका अध्यक्ष नन्दजंग गुरुङ र महासचिव तुलाराम गुरुङद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा ब्रिटिश सरकारले कोरोना प्रकोपलाई साम्य पार्न कम्तिमा दुई मिटरमा दुरीमा रहनु पर्ने, लकडाउन लगायत कुराहरुको नियम पालना गर्नुपर्ने जनाउदै उक्त खेल अर्को मिति तय नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ । साथै, यस बिषम परिस्थितिमा राष्ट्र प्रमुख, विद्धान, दक्ष जनस्वास्थ्यकर्ता लगायतले चालेको कदमको पालना गर्ने जनाइएको छ ।
सो विज्ञप्तिको अन्त्यमा उक्त खेलका प्रशंसक, खेलाडि, सहयोगी उद्यमी तथा व्यापारी, विभिन्न संघसंस्था, आईडिया फर नेपाल, पत्रकार, एनआरएनए युके, नेपाली राजदूतावास लगायत मित्रवत संघसंस्था परिवारको सुस्वास्थ्यको कामना समेत गरेका छन् ।
स्मरण रहोस्, तमु ध्रिं युकेले आयोजना गर्दै आएको उक्त गोर्खा कपमा करीब ४२ भन्दा बढी टिमका साथै १० हजार भन्दा बढी दर्शकको सहभागिता रहदै आएको छ । संभवताः गोर्खा कप नेपाली समुदाय बेलायतमा सम्पन्न हुने कार्यक्रमहरु मध्ये सबभन्दा बढी सहभागीता हुने कार्यक्रम हो ।
प्रशारित विज्ञप्ति जस्ताको तस्तैः







