कांग्रेसद्वारा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उच्च बनाउन सुझाव

SHARE:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी र सुरक्षार्थ खटिने सुरक्षाकर्मीको मनोबल उच्च राख्न सरकारलाई सुझाव दिएको छ ।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सोमबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई टेलिफोनमार्फत कोरोना भाइरस नियन्त्रण, न्यूनीकरण एवं उपचारका लागि सरकारले ल्याएको स्वास्थ्य उपकरण तथा सामग्री अविलम्ब सबै प्रदेश र जिल्लामा पुर्‍याउन ध्यानाकर्षण गराएका थिए । साथै उनले देशभरका सबै स्वास्थ्य केन्द्रमा आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्री वितरणका लागि थप गुणस्तरीय र प्रभावकारी सामग्रीको यथाशीघ्र व्यवस्था गर्नुपर्ने सुझाव दिनुभएको काँग्रेस संसदीय दलले जनाएको छ ।

प्रमुख सचेतक खाँणले निजी अस्पताल र स्वास्थ्य संस्थालाई आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्री उपलब्ध गराई कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण तथा उपचार अभियानमा सहभागी गराउनुपर्ने बताएका थिए । त्यसक्रममा स्वास्थ्यमन्त्री ढकालले प्रमुख सचेतक खाँणलाई नेपालमा ल्याइएको स्वास्थ्य उपकरण तथा सामग्री आज बिहानबाट वितरण भइरहेको र साँझसम्म सबै प्रदेशमा वितरण हुने र प्रदेशबाट सबै जिल्लामा वितरण हुने कुरा बताउनुभएको संसदीय दलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

साथै थप स्वास्थ्य उपकरण तथा सामग्री यही चैत २१ गतेसम्म नेपाल आइपुग्नेसमेत बताउँदै मन्त्री ढकालले निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई पनि कोराना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा सहभागी गराउने प्रक्रिया भइरहेको जानकारी गराएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!