नेपाली कथानक चलचित्र मट्टीमाला रिलिजको तयारीमा

SHARE:

जानू काम्बाङ्ग लिम्बू
लन्डन । नेपाली कथानक चलचित्र मट्टीमालाको पहिलो ट्रेलर चर्चित च्यानल हाई लाईटबाट सार्वजनिक भएको छ ।

 

मेरी बास्सैका चर्चित कलाकार बुद्धि तामाङ र रजनी गुरुङको रोमान्स रहेको चलचित्र मट्टीमालामा चिरन राई, पृथ्वी राईलगायतका अभिनय देख्न सकिन्छ । सो चलचित्रमा टेके पौरखीको पटकथा तथा निर्देशन रहेको छ भने निर्माताको रुपमा पृथ्वी राई रहेका छन् । जेठ २५ गते रिलिज गर्ने शुभमूर्हुत तोकिएको यो चलचित्र, पारिवारिक, रोमान्स तथा भरपुर कमेडीमा आधारित रहेको निर्माण पक्षले जनाएको छ । हास्य टेलिशृंखला ‘मेरी बास्सै’का चर्चित जोडीको रुपमा चिनिएका हनुमाने र मंगली पहिलोपल्ट ठूलो पर्दामा एकसाथ देखिन लागेका हुन् । हनुमाने र मंगलीको अनस्क्रिन केमिस्ट्री तथा नेपाली टोनी जाको नामले परिचित स्टन्ट म्यान चिरनको एक्सनका कारण यो चलचित्रलाई बहुप्रतिक्षित रुपमा हेरिएको छ ।

पुरै चलचित्रलाई राहुल राईले खिचेका हुन् भने सम्पादन अनिलकुमार महर्जनको रहेको छ । चलचित्रको सोलो संगीत सुमन राईको रहेको छ भने गीतकारहरु जानू काम्बाङ्ग लिम्बू, रोशन भट्टराई, साङ्गे ब्लोन तामाङ र गायक गायिकाहरुमा सुमन राई, आनन्द राई, चन्द्र लामा, विक्रम राई, बबिना किराती र अमृता सम्बाहाम्फे लिम्बू छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!