यस्तो छ एम्पायरमा दोहोरी घन्काउने तयारी (फोटोफिचर)

SHARE:

एटा सम्वाददाता
अल्डरसट । नेपाली समुदायमा निकै चर्चामा रहेको एम्पायर बाङ्गक्युटिङ्ग एण्ड हलले जुन १ शुक्रबार साँझदेखि नियमित रुपमा दोहोरी प्रस्तुत गर्ने भएको छ ।

बेलायतमा नेपालीहरुको वृद्धि सँगसँगै सञ्चालनमा आएका दोहोरी साँझहरु नियमित हुन नसकीरहेको अवस्थामा एम्पायरका पबन्ध निर्देशक पूरन गिरीले आफ्नै व्यवस्थापनमा दोहोरी साँझको सुरुवात गर्न लागिएको बताए ।


नेपाली लोकसंगीतलाई बेलायतमा जिवित राख्नुपर्छ भन्ने लागेर आफूले दोहोरी साँझ संचालन गर्न लागिएको गिरीले बताए । करीब ३०० जनाभन्दा बढीको क्षमता रहेको एम्पायरको दोस्रो तलामा सो दोहोरी साँझ घन्काउने निर्देशक गिरिको योजना छ ।

 

‘लोक संस्कृति भनेको हाम्रो पहिचान हो । यसको जर्गेर्ना गर्नु हामी सबैको कर्तव्य हो । तसर्थ दोहोरी साँझमा उपस्थित भई एकातिर मनोरञ्जन र अर्कोतर्फ संस्कृति संरक्षण तथा सम्वद्र्धनमा हातेमालो गर्न’ बेलायतवासी सबै नेपालीहरुलाई गिरिले अनुरोध गरेका छन् ।

तस्बिर : मिलन तमु

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!