काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ पुगेको छ । शुक्रबार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको छ ।

रुपेन्देहीका युवाको भैरहवास्थित क्षेत्रीय प्रयोगशालामा र बाँकेका ५० वर्षीय पुरुषको नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको हो । हालसम्म कोरोना संक्रमणपछि १६ जना निको भएर घर फर्किइसकेका छन् ।






