मगर बुद्ध समाज बेलायतद्वारा मेडस्टोन मा एकदिने ‘वापा–मापा प्रशिक्षण’ कार्यक्रम सम्पन्न

SHARE:

निर्मल थापा मगर – बेलायत।

१९ सेप्टेम्बर २०२६ – मगर बुद्ध समाज बेलायतको आयोजनामा “हाम्रो संस्कार, हाम्रो पहिचान, हाम्रो गौरव, आफ्नो संस्कार आफैँ सिकौँ, गरौँ र पुस्तान्तरण गरौँ” भन्ने मूल नाराका साथ एकदिने मगर संस्कार विषयक वापा–मापा प्रशिक्षण कार्यक्रम केन्ट को मेडस्टोन शहरमा सफलतापूर्वक सम्पन्न भएको छ।

मगर समुदायको मौलिक संस्कार, परम्परा, कर्मकाण्ड तथा धार्मिक विधिहरूको संरक्षण, प्रवर्द्धन र भावी पुस्तामा हस्तान्तरण गर्ने प्रमुख उद्देश्यसहित आयोजित यस कार्यक्रममा सहभागीहरूलाई विभिन्न संस्कार तथा कर्मकाण्डका व्यावहारिक र सैद्धान्तिक पक्षहरूबारे विस्तृत जानकारी गराइएको थियो।

कार्यक्रमको उद्घाटन तथा स्वागत मन्तव्य
बिहान ९:०० बजेबाट सुरु भएको कार्यक्रममा मंगल बुद्ध विहारका सचिव श्री जगत आलेज्यूले उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्नुका साथै स्वास्थ्य र सुरक्षासम्बन्धी जानकारी गराउनुभएको थियो। त्यसपछि मगर बुद्ध समाज बेलायतका सचिव श्री निर्मल थापाज्यूले कार्यक्रमको उद्देश्य, रूपरेखा र दिनभरका प्रशिक्षण सत्रहरूबारे प्रकाश पार्नुभएको थियो।

मण्डप सजावट, बुद्ध पूजा तथा पञ्चशील ग्रहण
प्रशिक्षणको पहिलो चरणमा कर्मकाण्ड विभागीय प्रमुख तथा प्रशिक्षक श्री गजबीर थापाज्यूले मण्डप सजावट र बुद्ध पूजा विधिका बारेमा व्यावहारिक प्रशिक्षण दिनुभएको थियो। यसैबीच, मंगल बुद्ध विहारका श्रद्धेय इन्द्रशाक भन्तेज्यूबाट सहभागीहरूलाई पञ्चशील ग्रहण गराइएको थियो।

त्यसपश्चात्, वापा जगत आलेज्यूले मगर समुदायमा नामकरण संस्कारको महत्व, विधि र यसलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने तरिकाबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो।

भोजन तथा दान कार्यक्रम
बिहान करिब ११:३० बजे श्रद्धेय भन्तेज्यूलाई भोजन दान गरिएको थियो भने त्यसलगत्तै सम्पूर्ण सहभागीहरूले सामूहिक रूपमा भोजन ग्रहण गर्नुभएको थियो।

विवाह तथा अन्त्येष्टि संस्कारसम्बन्धी प्रशिक्षण
भोजनपश्चात्को सत्रमा प्रशिक्षक वापा गजबीर थापाज्यूले शुभ विवाह र अन्त्येष्टि संस्कारसम्बन्धी कर्मकाण्ड तथा आवश्यक विधिहरूको बारेमा गहिरो प्रशिक्षण दिनुभएको थियो। मगर समुदायका मौलिक संस्कारलाई व्यवस्थित रूपमा जोगाइराख्न र भावी पुस्तासम्म हस्तान्तरण गर्न यस्ता व्यावहारिक प्रशिक्षणहरू अपरिहार्य रहेको कुरामा कार्यक्रममा जोड दिइएको थियो।

छलफल, प्रश्नोत्तर र सुझाव
१५ मिनेटको छोटो विश्रामपछि आयोजित सत्रमा वापा गुरुहरू श्री कृष्ण दलार्मी र श्री तुल्सी थापाज्यूले अन्य विविध मगर संस्कारहरूबारे महत्वपूर्ण जानकारी दिनुभयो। सोही अवसरमा सहभागीहरूले राखेका जिज्ञासा तथा प्रश्नहरूको प्रशिक्षकहरूले स्पष्ट उत्तर दिनुभएको थियो।

पुण्यानुमोदन तथा भावी योजना
कार्यक्रमको अन्तिम चरणमा समाजका अध्यक्ष  रिम गलामी मगरज्यू र श्रद्धेय भन्तेज्यूबाट बेलायतमा आफ्नै बुद्ध विहार खरिद गर्ने महत्वपुर्ण योजना तथा अद्यावधिक विवरण प्रस्तुत गरिएको थियो। विहार खरिदको आवश्यकता र भावी योजनामाथि चर्चा गर्दै कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहभागी, प्रशिक्षक, गुरु तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरियो।

अन्त्यमा पुण्यानुमोदनसहित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको घोषणा गरियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!