नेपाली जनसम्पर्क समिति बेलायतको संयोजकमा शेरबहादुर सुनार,

SHARE:

काठमाडौं, असोज ३, २०८३। नेपाली कांग्रेस केन्द्रीय कार्यालयले नेपाली जनसम्पर्क समिति बेलायतको संयोजकको विशेष जिम्मेवारी श्री शेरबहादुर सुनारलाई प्रदान गरेको छ।

केन्द्रीय कार्यालय, बी. पी. स्मृति भवन, ललितपुरबाट असोज ३, २०८३ मा जारी पत्रमार्फत सुनारलाई उक्त जिम्मेवारी दिइएको हो। नेपाली कांग्रेसको विधान, २०१७ (एघारौं संशोधन सहित) बमोजिम उनलाई यो जिम्मेवारी प्रदान गरिएको हो。

समितिमा आबद्ध वर्तमान र पूर्वसमितिका साथीहरूबीच आवश्यक संवाद गरी सबै पक्षसँगको समन्वयमा आगामी २०८३ असोज १० गतेभित्र जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गराउने मुख्य कार्यादेश संयोजक सुनारलाई दिइएको छ।

पार्टी सभापति गगनकुमार थापाद्वारा हस्ताक्षरित पत्रमा तपाईंको नेतृत्वमा तोकिएको समयसीमाभित्रै पार्टीले स्वीकृत गरेको विधानबमोजिम सदस्यता वितरण र अधिवेशन सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ। साथै, यसबाट संगठनलाई थप सुदृढ, गतिशील र परिणाममुखी बनाइने अपेक्षा राख्दै सफल कार्यकालका लागि शुभकामना समेत व्यक्त गरिएको छ।

कार्यक्रमको कार्यविविरण समेत पत्रसँगै संलग्न गरिएको केन्द्रीय कार्यालयले जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!