एटा संवाददाता
लन्डन । १६ औं गोर्खा कप फुटबलका लागि हङ्गकङ्गबाट १५ जना खेलाडीसहित १९ जनाको टिम बिहीबार बिहान लण्डन आइपुगेकाे छ । उनीहरुलाई बिहीबार बिहान ६ बजे हिथ्रो विमानस्थलमा तमुधिं युकेका उपाध्यक्ष नन्दजङ्ग गुरुङ, गोर्खा कप फुटबल इभेन्ट इन्चार्ज तथा सहारा एफसीका चेयरमेन ले रि कुसाङ्ग गुरुङ, तमुधिं युकेका सल्लाहकार महेश गुरुङले हङ्गकङ्ग नेपाली फुटबल टिमका मेनेजर राजीव हिराचनलगायत टिमलाई स्वागत गरेका थिए ।

सो अवसरमा तमुधिं युकेका महासचिव कृष्ण गुरुङ, सहकोषाध्यक्ष कुमार गुरुङ, सदस्य सिरी गुरुङ, वेभमास्टर मान गुरुङ, सहारा युकेका कोषाध्यक्ष नारायण गुरुङ, तमुधिं युकेका आजिवन सदस्य जगन गुरुङ, तमुधिं युकेका सदस्य एंव हङ्गकङ्ग नेपाली मंच युकेका महासचिव श्री गुरुङ, लगायतको उपस्थिति रहेको थियो । उनीहरु आउँदो २७ मे २०१८ का दिन अल्डरसटस्थित क्वीन्स एभिन्युमा सम्पन्न हुन लागेको १६ औं गोर्खा कपमा भाग लिन लागि लण्डन आएका हुन् । त्यस्तै उनीहरुलाई बिहानै तमुधिं भवन मिचेटमा स्वागत गर्दै एकअर्कामा परिचय गरेका थिए । सो अवसरमा इभेन्ट इन्चार्ज ले रि गुरुङ, तमु धी युकेका महासचिब कृष्ण गुरुङ, सहारा युकेका कोशाध्यछ नारायण गुरुङ, टिम मेनेजर, टिम क्याप्टेन र खेलाडीहरुबिच गोर्खा कपको बारेमा अनुभव आदानप्रदान गरेका थिए ।






