भारतमा ६३ प्रतिशतभन्दा बढीले अनलाइन अध्ययन गर्ने

SHARE:

नयाँ दिल्ली । लिंक्दइन नामको एक सामाजिक सञ्जालले हालै गरेको एक अध्ययनले ६३ प्रतिशत भन्दा बढी भारतीयहरुले आगामी दिनमा इन्टरनेटको माध्यमबाट अध्ययन गर्ने (अनलाइन लर्निङ) गर्ने जनाएको छ ।

उक्त संस्थाले हालै गरेको एक अध्ययनमा यस्तो देखिएको बताइएको छ । मङ्गलबार सो संस्थाले उक्त अध्ययनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको हो । भारतमा शिक्षालगायतका विभिन्न व्यवसायिक क्षेत्रका व्यक्तिहरुमा गरेको उक्त सर्वेक्षणले यो अवस्था देखाएको उक्त संस्थाले जनाएको छ ।

यस सर्वेक्षणमा उक्त संस्थाले २ हजार ३२३ जनालाई प्रश्न सोधेको थियो । तीमध्येका ६० प्रतिशत भन्दा बढीले आगामी दिनमा पनि आफूहरुले अनलाइनको माध्यमबाट अध्ययन गर्ने जनाएका हुन् । उक्त सर्वेक्षणले अध्ययन गर्ने प्रयोजनका साथै अन्य कामहरु पनि भारतीय नागरिकहरुले अनलाइनको प्रयोगलाई बढाएका पनि सो सर्वेक्षणले देखाएको छ ।

यीमध्येका ६० प्रतिशतले आफूहरुले औद्योगिक विषयको ज्ञान पनि अनलाइनबाटै लिन चाहेको बताएका थिए भने अरु ५७ प्रतिशत नागरिकले आफ्नो व्यवसाय या कामलाई अझ बढी प्रभावकारी बनाउने भन्ने कममा अनलाइन प्रयोग गर्न चाहेको तथा ४५ प्रतिशतले आफ्नो सञ्चार प्रक्रियालाई के कसरी प्रभावकारी बनाउने भन्ने चाहेका सो सर्वेक्षणमा देखिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!