विश्वभर कोरोनाबाट ३ लाख ४६ हजारको मृत्यु, अमेरिकामा मृतकको संख्या एक लाख नजिक

SHARE:

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५५ लाख नाघेको छ ।


जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९६ हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर २ हजार ८२६ जनाको ज्यान गएको छ । प्राप्त समाचार अनुसार विश्वभर करिब ५३ हजार २११ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाख ९९ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ७९३ को कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । संयुक्त राज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ६१७ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९९ हजार ३०० पुगेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!