लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध, अरु को को जिते ? [सूचीसहित]

SHARE:

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौं केन्द्रीय महाधिवेशन तथा रजत जयन्ती महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ ।

महाधिवेशनबाट पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी, सांगठनिक उपाध्यक्षमा राजु ढकाल र प्रशासनिक उपाध्यक्षमा रमेशराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा देवी घर्ती निर्वाचित भएकी छन् ।

खुला उपाध्यक्षमा श्रीकृष्ण बम मल्ल, खुमन अधिकारी, खेम सेञ्चुरी, घनश्याम रिजाल, दीपक गरौजा मगर, पुष्कल शर्मा र रविन लामिछाने निर्वाचित भएका छन् ।

त्यसैगरी महासचिवमा शिव हमाल निर्विरोध निर्वाचित भएका छन् । सांगठनिक उपमहासचिवमा पीएन सापकोटा, प्रशासनिक उपमहासचिवमा ईश्वरी भुसाल र कोषाध्यक्षमा जुना श्रीष मगर निर्वाचित भएका छन् । महिला सचिवमा सम्झना लामिछाने मगर निर्वाचित भएकी छन् ।

भूगोल प्रदेशअन्तर्गत बागमती सचिवमा उषा सुवेदी, मधेश सचिवमा कृष्णप्रसाद गौतम, सुदूरपश्चिम सचिवमा नवीन सिंह धामी, गण्डकी सचिवमा प्रकाश भट्ट, लुम्बिनी सचिवमा प्रेम शर्मा, कोशी सचिवमा विष्णु घिमिरे र कर्णाली सचिवमा राजकुमार खत्री निर्वाचित भएका छन् । उपत्यका सचिवमा सुजन लम्साल र विदेश सचिवमा सूर्य खड्का निर्वाचित भएका छन् ।

सांगठनिक सहसचिवमा कुमार राना मगर, प्रशासनिक सहसचिवमा तिलक परियार र विदेश सहसचिवमा रेशम निर्दोष निर्विरोध निर्वाचित भएका छन् । महिला सहसचिवमा मनमाया वाइबा निर्वाचित भएकी छन् । खुला सहकोषाध्यक्षमा कुमार पुन मगर र सम्झना भण्डारी निर्विरोध निर्वाचित भएका छन् भने महिला सहकोषाध्यक्षमा जालुमाया गुरुङ निर्वाचित भएकी छन् ।

महाधिवेशनबाट ३३ जना सदस्य पनि निर्वाचित भएका छन् । सदस्यमा अनुज अधिकारी, ईश्वर सिंह, ओबी रायमाझी, कला पंगेनी, नरेश खाती, प्रकाश पराजुली, बालचन्द्र बराल, मदन परियार, मोहन खड्का, युवराज चौलागाईं, रबी कार्की, राजकुमार नेपाली, सपना सुनाम, सुमन परियार, कविता खत्री, कालिका रोका, टीका सानु, निरु श्रीष मगर, प्रतिमा अर्याल, सुनितामी परियार र शान्तारानी परियार निर्वाचित भएका छन् ।

त्यस्तै, प्रदेश तथा क्षेत्रगत प्रतिनिधित्वअन्तर्गत ईश्वरीप्रसाद पन्त (मधेश), तुलसी क्षेत्री (गण्डकी), दिपु मगर (लुम्बिनी), बालकुमार श्रेष्ठ (कोशी), वासुदेव सिंखडा (बागमती), लालबहादुर धामी (सुदूरपश्चिम), हरिमाया कार्की (कर्णाली), अर्जुन थापा मगर (उपत्यका) र विजय केसी (विदेश) निर्वाचित भएका छन् । महेन्द्र न्यौपाने पनि सदस्यमा निर्वाचित भएका छन् ।

नवौं केन्द्रीय महाधिवेशनमा डिजिटल भोटिङ अर्थात् ई-भोटिङमार्फत मतदान गरिएको थियो ।

अध्यक्षमा निर्वाचित भएपछि शर्माले समर्थकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा प्रतिष्ठानलाई अझ फराकिलो र परिस्कृत बनाउने प्रतिबद्धता जनाएका छन् । लोकदोहोरी कलाकारलाई आफ्नै पेसाबाट जीविकोपार्जन गर्न सक्ने वातावरण सिर्जना गर्ने पनि उनले बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!