सोंपाल समाज युकेको अध्यक्षमा युक्तबहादुर गुरुङ निर्विरोध चयन

SHARE:


एटा संवाददाता
लन्डन । सोंपाल समाज यु.के. को पाचौं महाधिबेसन ५ मे २०१८ का दिन नर्थहोल्ट पार्क सोसियल क्लबमा सम्पन्न भयो अध्यक्ष चन्द्र बहादुर गुरुङ, संस्थापक अध्यक्ष बिजय बहादुर गुरुङ, भु. पु. अध्यक्ष क्या प्रेम गुरुङ, भु. पु. अध्यक्ष राम गुरुङ र आमा समुहकी अध्यक्ष नयिन्द्र गुरुङले दीप प्रज्वलन गरी उद्घघाटन गरेको कार्यक्रमको पहिलो चरणमा राष्ट्रिय गान बजाइएको थियो । जानकारी महासचिव श्री जगदिश गुरुङले दिएका थिए ।

संस्थापक अध्यक्ष बिजय गुरुङ र उपाध्यक्ष युक्त बहादुर गुरुङले शुभकामना मन्तब्य दिएको सो कार्यक्रममा गत ३१ अप्रिल २०१८ मा स्वगोरोहण भएका सोंपाल माझकटेरीकी चिज कुमारी गुरुङ र चौथो कार्यसमितिको कार्यकाल अवधिभरमा स्वर्गबास भएका सदस्यहरुको संझनामा मौनधारण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष चन्द्र बहादुर गुरुङलगायत उपस्थित सम्पूर्ण सदस्यहरुले १०८ बत्ती बाली, आमा समुहले भजन प्रस्तुत गरी बुद्धलाई सम्झेका थिए ।

सोंपालबासीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा महासचिव जगदिश गुरुङले समाजको प्रगति विवरण, कोषाध्यक्ष शंकर गुरुङले आर्थिक विवरण, ट्रस्टी क्या. राजेन्द्रमान गुरुङले लेखा परिक्षण विवरण र संस्थापक अध्यक्ष बिजय गुरुङले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रतिवेदनहरु र प्रस्तावलाई ध्वनी मतले पारीत गरेका थिए ।

समाजका अध्यक्ष चन्द्र बहादुर गुरुङले चौथो कार्यसमितिको बिघटन गरी पाचौं कार्य समितिको चयनको लागि निर्वाचन समिति सम्पूर्ण अधिकार सुम्पेका थिए ।

दोस्रो चरणको कार्यक्रममा, निर्वाचन समितिका संयोजक राम गुरुङ, सदस्यहरु क्या. प्रेम गुरुङ र करम गुरुङको टिमले निर्वाचन प्रक्रियाको थालनी गर्दै युक्त बहादुर गुरुङको अध्यक्षतमा नयाँ कार्यसमितिको सर्वसम्मत घोषणा गरेका थिए । सो नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रसाद गुरुङ र तेज बहादुर गुरुङ आमा समुहकी अध्यक्षमा नयिन्द्र गुरुङ, उपाध्यक्षमा ईन्द्रवती गुरुङलाई रहेका छन् । नवगठित कार्यसमितिलाई समाजका संस्थापक अध्यक्ष बिजय गुरुङलेसपथ खुलाएका थिए । त्यस्तैगरी निर्वाचन समितिका संयोजक राम गुरुङ र निबर्तमान अध्यक्ष चन्द्र बहादुर गुरुङले नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिए । त्यस्तै, नवनिर्वाचित अध्यक्ष युक्त बहादुर गुरुङले सोंपाल समाज युकेको हितमा काम गर्ने प्रतिबद्धता गर्दै सबैलाई धन्यवाद दिए ।

समाजका अध्यक्ष चन्द्र बहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष सिरी प्रसाद गुरुङले स्वागत मन्तब्य दिएका थिए भने महासचिव जगदिश गुरुङले हेल्थ एण्ड सेफ्टी बारेमा जानकारी गराउदै कार्यक्रम संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!