पुन मगर संघ युकेद्वारा भूमे पूजा

SHARE:

चिम्खोले काइँला
लन्डन । पुन मगर संघ युकेले बेलायतको फार्नबोरोस्थित कोडी बोमन स्पोर्टस क्लबमा भव्यताको साथ भूमे पूजा सम्पन्न गरेको छ ।

धौलागिरि सेरोफेरोमा बसोबास गर्ने मगरहरुले गत आइतबार भूमे पूजा अर्थात् भूमे पर्व मनाएका हुन् । हरेक वर्षको उधौलीमा भूमिलाई पूजा गरेर बालीनाली लगाउने चलन छ । मनुस्यलाई बाँच्नको लागि अन्न, पानी र हावा उपलब्ध गराइदिने भूमिलाई भूमे देवताको रुपमा मान्ने चलन छ । सो चलनचल्तीलाई जीवितै राख्न बेलायतमा पुन मगर संघ युकेले स्थापनाकालदेखि नै भूमे पूजा तथा भूमे पर्व मनाउँदै आएको छ ।

कोडी बोमन स्पोटर्स क्लबमा दिनको १२ बजे विधिवत् पूजा गर्नुको साथै फर्सीको बली दिएर भूमिलाई पूजा गरिएको थियो । पूजा सम्पन्न गर्न पूजारी टिम, पुख्र्यौली टिम, नौमती बाजा टिम र छ्योमाहरुको मुख्य भूमिका थियो । भूमे पूजामा प्रमुख अतिथि गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगकुमार फगामी थिए भने अन्य अतिथिहरुमा मगर संघ युके अध्यक्ष नेम थापा, उपाध्यक्षहरु बोम थापा सूर्यवंशी, अनिता राना, महासचिव लाल पुन, सचिव धन बुढा, नेपाल मगर संघ केन्द्रीय सदस्य तथा अमेरिका यूरोप संयोजक शान्ति थापा, मगर महिला संघ युकेका अध्यक्ष छविमाया पुन, मोना युकेका उपाध्यक्ष दल जुग्जाली, महिला उपाध्यक्ष लिला पुन, महासचिव कुमार फगामी, खामभाषी युकेका अध्यक्ष हिक्मतसिं रोका, पर्वत वेलफेयर सोसाइटीका अध्यक्ष ददि आचार्यलगायत मगर संघ युकेका सल्लाहकारहरु अर्जुन तिलिजा, कुमार राना, दल बुरा, बेल बुराथोकीको उपस्थिति थियो ।

भूमे पुजामा नेपालबाट आएका कलाकारहरु बिमलराज क्षेत्री, इन्द्रद्रगुरुङ र स्थानीय कलाकारहरु कल्पना गुरुङ पुन, खेम पुन तुलचन्द्रद्रतिलिजालगायत थुप्रै कलाकाहरुले आ–आफ्ना कला प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए ।
संस्थाका अध्यक्ष तेज राम्जालीको अध्यक्षतामा भएको मुख्य कार्यक्रम महासचिव तुलचन्द्रद्रतिलिजाले सञ्चालन गरेका थिए । सांस्कृतिक कार्यक्रम सचिव खिम पुनले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!