कुसुम गुरुङ र भविन ढुंगानाको स्वरमा सजिएको ‘माकुरी माया’ सार्वजनिक

SHARE:

काठमाडौं साउन ३१ । ‘माकुरी माया’ बोलको गीत सार्वजनिक भएको छ । पूर्वेली लोक भाकामा रेकर्ड भएको उक्त गीतमा पारस मुकारुङको सँगीत र शब्द कवि उपेन्द्र सुब्बाको रहेको छ । गायिका कुसुम गुरुङ र गायक भविन ढुंगानाको स्वर रहेको छ ।

कुसुम गुरुङको अफिसियल युट्युब च्यानलबाट हालै सार्वजनिक गरिएको सो गीतको म्युजिक भिडियोको कोरियोग्राफ तथा निर्देशन आशिष राईले गरेका छन् । भिडियोमा इमेज लोकस्टारबाट आएका निकेश राई र मोडल बिमला खजुमले अभिनय गरेका छन् ।

‘केही सालअघि नै रचना गरेको गीत रेकर्ड भएर आएकोमा खुशी छु । मैले त झण्डै बिर्सिएको पो रहेछु ।’ गीतकार सुब्बाले भने । गीतको स्वर र भिडियो दुवैमा न्याय पाएको उनले बताए । गायिका कुसुम गुरुङले अग्रज एवं अब्बल गीतकारको ठेट शब्दलाई सक्दो न्याय गरिएको बताइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!