थप ९ करोड डोजको कोरोना भाइरसविरुद्धको खोप लिने बेलायतले गर्‍यो सम्झौता

SHARE:

लन्डन । बेलायत सरकारले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप थप ९ करोड डोज लिन सम्झौता गरेको छ ।

बेल्जियन फर्मास्यूटिकल कम्पनी जेनसीन र अमेरिकी बायोटेक कम्पनी नोभाभ्याक्सले विकास गरिरहेका कोभिड १९ विरुद्धको खोप बेलायतले लिने सम्झौता गरेको हो । यो सहित बेलायतले ६ विभिन्न अनुसन्धनात्मक खोप खरिद सम्झौता गरेपछि उससँग सञ्चित भण्डार (स्टकपाइल) मा ३४० मिलियन (३४ करोड) डोज हुनेछ । यति सञ्चित भएपछि बेलायतवासी प्रत्येकलाई ५ डोजका दरले खोप पुग्नेछ ।

बेलायत सरकारकी भ्याक्सिन टाक्सफोर्सकी अध्यक्ष केट बिंगहमले एक समाचार माध्यमसँग कुरा गर्दै बढी जोखिममा रहेका वर्गलाई दिन बेलायतसँग पर्याप्त खोप होस् भन्ने उद्देश्यले खरिद सम्झौता गरेको प्रस्ट्याइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!