बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश

SHARE:

लिस्बन ३१ साउन । जर्मन च्याम्पियन बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ ।

शुक्रबार राति लिस्बनमा भएको क्वाटरफाइनलमा ८–२ को गोल अन्तरले बार्सिलोनालाई लज्जास्पद हार चखाउँदै म्युनिख सेमिफाइनल पुगेको हो । थोमस मुलरले खेलको चौथो मिनेटमा गरेको गोलबाट बायर्नले अग्रता लिएको थियो । खेलको ७औं मिनेटमा बायर्नका डेभिड अलाबाको आत्मघाती गोलबाट खेल बराबरीमा फर्किएको थियो । तर त्यसपछि भने स्पेनिस क्लब बार्सिलोनामाथि बायर्न लगातार हाबी देखियो । २१औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै खेललाई २–१ को अवस्थामा पुऱ्याए । त्यस्तै २७औं मिनेटमा सर्गे जिएन्ब्रेले बार्यनका लागि तेस्रो गोल गरे ।

३१औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गरे भने खेललाई ४–१ मा पुऱ्याए । लुइस स्वारेजले ५७औं मिनेटमा गोल गर्दै खेललाई २–४ मा पुऱ्याए । तर त्यसको ६ मिनेटपछि ६३औं मिनेटमा जोसुजा किमिचले बायर्नका लागि ५ औं गोल गरे । खेलको ८२औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले बायर्नका लागि छैटौं गोल गरे भने ८५औं र ८९औं मिनेटमा फिलिपे कौटिन्होले ७औं र ८औं गोल गरे ।

बार्सिलोना सन् १९४६ को कोपा डेल रेको फाइनलमा सेभियासँग ८ गोल खाएयता पहिलो पटक बायर्नसँगको खेलमा ८ गोल खाएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!